कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

तारादेवी र गणेशलाई नारायणगोपाल स्मृति सम्मान 

काठमाडौँ — स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यको ३३ औँ स्मृति दिवसमा स्वर किन्नरी तारादेवी  (मरणोपरान्त) र संगीतकार गणेश रसिक (राई)लाई सम्मान गरिएको छ ।

तारादेवी र गणेशलाई नारायणगोपाल स्मृति सम्मान 

नारायणगोपाल संगीत कोष र सांस्कृतिक संस्थानद्वारा आयोजित कार्यक्रममा कोषका अध्यक्ष उषा शेरचनले दुईलाई नारायणगोपाल स्मृति सम्मान एवं विशेष पुरस्कार प्रदान गरेका हुन् । सम्मानसँगै उनीहरुले नगद जनही ५१ हजार प्राप्त गरे ।

दिवंगत तारादेवीलाई प्रदान गरिएको सम्मान तथा पुरस्कार तारादेवी स्मृति प्रतिष्ठानका उपाध्यक्ष भूवन चन्दले ग्रहण गरेकी हुन् । विसं २०४७ मा स्थापित कोषले यसअघि ४० स्रष्टालाई सम्मान गरिसकेको छ । कार्यक्रममा विभिन्न कलाकारले नारायणगोपालका गीतमा प्रस्तुति दिए ।

प्रकाशित : मंसिर २१, २०८० १३:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

दूधको भुक्तानी माग्दै सुरू भएको किसानको आन्दोलनपछि भएको सहमतिबारे तपाईंको धारणा के छ ?