१४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१९

पटकथा लेखन कार्यशाला

काठमाडौँ — लघु फिल्मसम्बन्धी ६ दिने पटकथा लेखन कार्यशाला सुरु भएको छ । फिल्म इन्डिपेन्डेन्ट, ग्लोबल मिडिया मेकर्सद्वारा 'नो पेजेज, नो स्क्रीन' शीर्षकमा कार्यशाला सुरु गरेको हो । मंसिर १७ देखि सुरु भएको कार्यशाला २२ सम्म संचालनमा आउनेछ । 

पटकथा लेखन कार्यशाला

कार्यशालामा फिल्म क्षेत्रका उदाउँदा १० लेखकहरु सहभागी छन् ।

यो काठमाडौं विश्वविद्यालय भाषा तथा आमसञ्चार विभाग, ललितपुरको हात्तीवनमा चलिरहेको कार्यशालामा गोपाल थापा, विज्ञान सापकोटा, मीरा खड्का, सन्देश शिवाकोटी, प्रिया विक, एनी पाख्रिन, मधुर थापा, सरिता साह, विविध चालिसे र दिपाली श्रेष्ठ सहभागी छन् ।

उनीहरुलाई फिल्मकर्मी अभिनाश विक्रम शाह, अनुप पौडेल, केशव पाण्डे, खगेन्द्र लामिच्छाने, सम्पदा मल्ल, शरद महतो, सन्दीप श्रेष्ठ र सुनिल पाण्डेले मार्गदर्शन दिनेछन् ।

प्रकाशित : मंसिर १९, २०८० २०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

फुटपाथ व्यापारीमाथि काठमाडौं महानगर प्रहरीले गरेको धरपकडबारे के भन्नुहुन्छ ?