कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

गुरुकुलमा 'काल' [तस्बिरहरू]

तस्बिर : दीपक केसी

काठमाडौँ — रामभजन कामतको परिकल्पना, लेखन र निर्देशनमा नाटक 'काल' मञ्चन भइरहेको छ । थापागाउँस्थित आरोहण गुरुकुलमा मंसिर १४ देखि मञ्चित उक्त नाटक ३० गते मंसिरसम्म मञ्चन हुनेछ । 

गुरुकुलमा 'काल' [तस्बिरहरू]

नाटकमा मृत्यु र समयचक्रका विषय समेटिएको छ । आर्थिक मन्दीको विषय छुँदै यसले मानव जीवनमा पारिरहेको मनोवैज्ञानिक असरलाई पनि समावेश गरेको छ ।

नाटकमा अभिनेता सुनील पोख्रेल, प्रवीण खतिवडा, नीता राई, केशव शाही, चन्द्र नेपाली, आशिष घिमिरे, अर्जुन सिवाकोटी, सन्देश कार्की, सलिना क्षेत्री, सुरभी कामत, रोसनचन्दको अभिनय छ ।

प्रकाशित : मंसिर १८, २०८० १९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचार अभियुक्तसँग आर्थिक लेनदेनमा मुछिएका मुख्यसचिव बैकुण्ठ अर्याललाई अब के गर्नुपर्छ ?