१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

'ढोरपाटन'ले जित्यो अल्टरनेटिभा फिल्म अवार्ड 

काठमाडौँ — 'नो विन्टर होलिडेज'ले अल्टरनेटिभा फिल्म अवार्ड जितेको छ । अल्टरनेटिभ फिल्म प्रोजेक्टले प्रदान गर्ने 'नेटिभा अवार्ड' राजन कठेत र सुनिर पाण्डे निर्देशित ७९ मिनेटको डकुमेन्ट्रीले जितेको हो । 

'ढोरपाटन'ले जित्यो अल्टरनेटिभा फिल्म अवार्ड 

साउथ एसिया र युरोपका इन्डिपेन्डेन्ट फिल्मकर्मीको निर्णायकमण्डलले अवार्ड विजेता घोषणा गरेको हो । यो डकुमेन्ट्रीको नेपाली नाम 'ढोरपाटन' हो ।

बेलायतको 'शेफिल्ड डकफेस्ट'मा वर्ल्ड प्रिमियर भएको यो डकुमेन्ट्रीलाई बबिन दुलाल र शिशिर विशंखेले खिचेका हुन् । 'अल्टरनेटिभा फिल्म अवार्ड २०२३' नेपालसँगै किर्गिस्थान, कजाकिस्तान र उज्वेकिस्तानलगायतको देशलाई दिइएको हो । नेपालले अवार्डसँगै अमेरिकी डलर २० हजार प्राप्त गरेको छ ।

'साउथ एसियाको थुप्रै फिल्महरु यहाँ परेको थियो । तर हाम्रो डकुमेन्ट्रीले उनीहरुलाई उछिन्दै अवार्ड नै जित्यो । खुसी लागेको छ,'निर्देशक कठेतले जनाए ।

प्रकाशित : मंसिर १७, २०८० १६:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नेपालको पासपोर्ट फेरि पनि विश्व वरीयतामा १०३ औं स्थानमा परेर खराब सूचिमै दर्ज भयो । स्तर उकास्न मुख्य रुपमा के गर्नुपर्छ ?