कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११२

'भूठान' बन्ने

काठमाडौँ — 'बुलबुल' निर्देशक' विनोद पौडेलले नयाँ फिल्म बनाउने भएका छन् । अमेरिकामा छायांकन हुने 'द वर्ल्डस ह्यापिएस्ट म्यान'(भूठान)को पोस्टर हालै निर्माण टिमले सार्वजनिक गरेको छ ।

'भूठान' बन्ने

फिल्ममा कलाकार हरिवंश आचार्य दयाहाङ राई, जोयस पाण्डेय,अनुराधा मजुम्दार, पूजा चन्दलामा, ऋचा घिमिरे, अदिती प्याकुरेल, टम क्रेन, विमल सुवेदी, कौशिला खनाल कर्माचार्यको अभिनय रहनेछ । फिल्ममा हलिउड कलाकारलाई पनि अनुबन्ध गर्ने तयारी रहेको निर्माण टिम जनाउँछन् ।

भुटानदेखि भारत,नेपालहुँदै अहिले अमेरिकामा बसोवास गरिरहेका भुटानीको देशप्रेम र जीवनयात्राको कथा फिल्ममा समावेश हुनेछ । यो कथा सन् २०१९ मा बुसान फिल्म फेस्टिभलको 'स्क्रिप्ट पिचिङ्ग'मा छानिएको थियो । यसअघि फिल्ममा भारतका प्रसिद्ध कलाकार जोडिने चर्चा चलेको थियो ।

यो फिल्म विश्व बजार लक्षित गरी निर्माण हुने निर्माता अविरल थापा जनाउँछन् । सन् २०१७ मा अस्कर अवार्ड जितेका निर्माता स्टार झाउ पनि एसोसियट निर्माताका रुपमा फिल्ममा जोडिएका छन् । फिल्मको प्रमुख निर्माता राजेन्द्र ठकुराठी, अमिताभ जोशी र 'बुलबुल' निर्माता अविरल थापा हुन् । फिल्मको सम्पूर्ण छायांकन अमेरिकाको ओहायो राज्यमा हुनेछ । फिल्मलाई नेपाली र अंग्रेजी भाषा निर्माण गरिने जनाइएको छ । फिल्मको छायांकन सन् २०२४ को अन्तसम्ममा सक्ने तयारी छ ।

सुसन प्रजापतिको छायांकन रहने फिल्ममा अन्जय खड्काको सम्पादन, डिकेश खडगी शाहीको ध्वनी,‍ सूर्य शाहीको कास्टिङ, उज्वल श्रेष्ठको पब्लिसिटी डिजाइन, विमल सुवेदीको प्रोडक्सन डिजाइन, बलिउडका कला निर्देशक अन्जन गजुरेलको कला निर्देशन रहनेछ । अमेरिकाको डग इयर्ड फिक्चर्स र नेपालको अवेकन प्रोडक्सनले सहकार्य गर्ने यस फिल्मलाई अमेरिकाको म्याड मंकी फिल्मसले निर्माण गर्ने भएको हो ।

प्रकाशित : मंसिर १७, २०८० १६:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविका विभागहरू घटाएर स्कुल मोडलमा चलाउने नवनियुक्त उपकुलपतिको घोषणा कस्तो लाग्यो ?