‘बालापन’ को प्रिमियर

काठमाडौँ — शिव आर जीको निर्देशनमा बनेको नेपाली फिल्म ‘बालापन’ को शनिबार राजधानीमा प्रिमियर गरिएको छ । चाबहिलस्थित चलचित्र विकास बोर्डमा फिल्मको प्रिमियर गरिएको हो ।
एन्जिलेना फिल्मस् प्रोडक्सन प्रालिको प्रस्तुतिमा निर्माण भएको फिल्ममा सविन श्रेष्ठ, प्रियंका कार्की, धिरेन शाक्य, सोनी बीसी, सुनील थापा, राजेन्द्रकुमार थापा, रेस फिरिरी, प्रभुराम कार्की, तिलबहादुर कार्की, हट मिलन राई र बाल कलाकारद्वय रितेश दुवाडी तथा आरोही कार्कीलगायतका कलाकारको अभिनय छ ।
प्रभुराम कार्की र हट मिलन राई निर्माता तथा इन्दिरा थापा र कला राई फिल्मका सहनिर्माता छन् । फिल्मको छायांकन रामकृष्ण खरेलले गरेका हुन् । प्रिमियरमा उपस्थित संस्कृति तथा पर्यटनमन्त्री सुदन किराँतीले ‘बालापन’ले सामाजिक यथार्थतालाई चित्रण गरेको बताए ।
