कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘डिजाइनर्स रनवे’ मा सेलेब्रिटी चाल

कान्तिपुर संवाददाता

काठमाडौँ — फेसनसम्बन्धी नयाँ तथा फरक डिजाइन प्रस्तुत गर्ने उद्देश्यले ‘आईईसी डिजाइनर्स रनवे १२’ को आयोजना गरिएको छ । आईईसी कलेजले शुक्रबार काठमाडौंको याक एन्ड यती होटलमा गरेका सोमा मोडलहरूले ५१ डिजाइनरले तयार पारेका डिजाइनहरू प्रस्तुत गरे ।

‘डिजाइनर्स रनवे’ मा सेलेब्रिटी चाल

कार्यक्रममा २७ नेपाली तथा ६ अन्तर्राष्ट्रिय मोडलले आईईसी कलेजका पासआउट विद्यार्थीले तयार पारेका डिजाइनहरू प्रदर्शन गरेका हुन् । ११ सिक्वेन्समा आयोजना गरिएको सो ‘नेक्स्ट मोडल्स नेपाल’ ले व्यवस्थापन गरेको हो ।

‘ब्लिंक टेल्स’, ‘द ब्रोकन कोलम’, ‘रिभाइभल मेटामोर्फोसिस’, ‘होमेज टू स्टोलन आर्टिफ्याक्टस’, ‘फेज डेलालुन’, ‘मोजोलिका’, ‘अभियाना’, ‘फंगाइ’, ‘अन्डर वाटर स्केप’, ‘फ्लोरल अपलेन्स’, ‘इलुमाइन अलर’ शीर्षकका ११ सिक्वेन्सका सो स्टपर्सका रूपमा अभिनेत्री स्वस्तिमा खड्का, आँचल शर्मा, पूर्वमिस नेपालहरू नम्रता श्रेष्ठ र अश्मी श्रेष्ठ तथा मिस्टर नेपाल समर्पण कार्की रहेका थिए । त्यस्तै, फेसन सोमा भारतीय कोरियोग्राफार यतिन नरेन्द्र गान्धी पनि सहभागी थिए ।

आईईसी कलेज अफ आर्ट्स एन्ड फेसनका २०२० ब्याचका विद्यार्थीले कार्यक्रमको आयोजना गरेको सोको कोरियोग्राफी पुरण क्षत्रीले गरेका हुन् । आईईसी ग्रुपकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले नेपाली फेसन क्षेत्रको प्रबर्द्धन गर्न ‘आर्ईईसी डिजाइनर्स रनवे’ आयोजना गर्दै आएको बताइन् । ‘नेपाली डिजाइनरहरूलाई अन्तर्राष्ट्रिय स्टेजसम्म पुर्‍याउने हाम्रो कोसिस हो,’ उनले भनिन् ।

प्रकाशित : भाद्र ३१, २०८० ०६:५३
प्रतिक्रिया
पठाउनुहोस्