काठमाडौँ — आईईसी कलेज अफ आर्ट्स एण्ड फेसनका २०२० ब्याचले आयोजना गरेको फेसन सो 'आइइसी डिजाइनर्स रनवे १२' सम्पन्न भएको छ । शुक्रबार काठमाडौंको याक एण्ड यतिमा आयोजित सोमा मोडलहरुले राष्ट्रिय र अन्तर्राष्ट्रिय दर्शकबीच र्याम्प नापेका छन् ।
११ सिक्वेन्समा आयोजना गरिएको सोमा आकर्षक डिजाइनका पहिरनमा मोडलहरू र्याम्पमा हिँडेका हुन् । जहाँ २५ मोडलले ५१ डिजाइनरका पहिरन प्रस्तुत गरेका थिए ।
'ब्लिंक टेल्स', 'द ब्रोकन कोलम', 'रिभाइभल मेटामोर्फोसिस', 'होमेज टू स्टोलन आर्टिफ्याक्टस', 'फेज डेलालुन', 'मोजोलिका', 'अभियाना', 'फंगाइ', 'अन्डर वाटर स्केप', 'फ्लोरल अपलेन्स', 'इलुमाइन अलर' शीर्षकका सिक्वेन्समा सो स्टपर्सका रुपमा अभिनेत्री स्वस्तिमा खड्का, आँचल शर्मा, समर्पण कार्की, पूर्व मिस नेपाल नम्रता श्रेष्ठ, अश्मी श्रेष्ठ सहभागी थिए ।
फेसन सोमा आईईसी ग्रुपका शैलजा अधिकारी, सोका कोरिग्राफर पुरण क्षेत्री लगायतको उपस्थिति थियो ।
तस्बिर : इलिट जोशी/कान्तिपुर
प्रकाशित : भाद्र २९, २०८० २१:५३