डिल्ली र नवीनाले ल्याए ‘केतुकी’

काठमाडौँ — डिल्ली पौडेल र नवीना सुवेदीको स्वरमा नेपाली बजारमा ‘केतुकी’ गीत सार्वजनिक भएको छ । डिल्ली पौडेल र सुनील केसीको प्रस्तुति रहेको गीतमा शब्द तथा लय शिव अखेलीको छ ।

डिल्ली र नवीनाले ल्याए ‘केतुकी’

तारानाथ आचार्यको एरेन्ज रहेको गीतमा गायक पौडेल, गायिका सुवेदीका साथमा सुमन केसी, सुनील केसी र गंगा पौडेलको समेत स्वर छ ।

कुमार केसीको निर्देशन रहेको ‘केतुकी’मा लोमस शर्मा र यशु भट्टराईको अभिनय छ ।बागलुङको कुश्मीसेरा बजार, बिनामारे तथा बाास्टारीमा गीतको छायाङ्कन गरिएको छ ।

यसअघि गायक पौडेलका ‘छ छैन मायाले बाटो देखेको’, ‘बोडी र तरुल’ जस्ता गीति एल्बमबजारमा आइसकेका छन् । गीत शिव अखेली युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रकाशित : जेष्ठ १८, २०८० १८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?