कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

प्रदर्शनअघि नै बजार तताउँदै ‘आदिपुरूष’

एजेन्सी

मुम्बई — जुन १६ देखि सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘आदिपुरुष’ को पछिल्लो समय चर्चा चुलिएको छ । यसअघि फिल्मको टिजर सार्वजनिक भएसँगै यसमा प्रयोग गरिएको भीएफएक्सका कारण आलोचना भएको थियो । 

प्रदर्शनअघि नै बजार तताउँदै ‘आदिपुरूष’

कतिपयले फिल्मलाई कार्टुन, एनिमेसन तथा भिडिओ गेमको संज्ञा दिएपछि निर्माण पक्षले पुनः भीएफएक्स गर्न फिल्मको प्रदर्शन मिति सारेको थियो । त्यसअघि फिल्म जनवरी १२ मा नै रिलिज हुने बताइएको थियो । पुनः भीएफएक्स गर्नुपरेपछि फिल्मको खर्च एक करोडले बढेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका थिए । सुरुमा फिल्म निर्माण खर्च करिब ५ सय करोड भारु रहेको जनाइएको थियो ।

तर फिल्मको प्रदर्शन मिति नजिकिँदै जाँदा भने फिल्मका विविध पक्षबारे सकारात्मक प्रक्रिया आइरहेका छन् । त्यसैक्रममा फिल्मको तेलुगु राइट एक सय ७० करोड भारुमा बिक्री भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि नेटफिल्क्सिले फिल्मको सबै भाषाको राइट २ सय ५० करोड भारुमा किनेको जनाइएको थियो । यद्यपि, यसबारे फिल्म निर्माण पक्षले आधिकारिक रूपमा कुनै जानकारी गराएको छैन ।

प्रभास, कृति सेनन र सैफ अली खान अभिनीत ‘आदिपुरुष’ हिन्दी र तेलुगु भाषामा छायांकन गरिएको छ । ओम राउतद्वारा निर्देशित फिल्म तमिल, मलयालम, कन्नडलगायत भाषामा समेत प्रदर्शन गरिने जनाइएको छ । रामायणको कथामा आधारित थ्री–डी फिचर फिल्म ‘आदिपुरुष’ मा असत्यमाथि सत्यको विजय देखाइएको छ ।

प्रकाशित : जेष्ठ १६, २०८० ०६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?