कौसीमा ‘त्रयम’

काठमाडौँ — दिलीप रानाभाटको लेखन तथा निर्देशनको नाटक ‘त्रयम’ जेठ १२ गतेदेखि त्रिपुरेश्वरस्थित कौसी थिएटरमा मञ्चन हुने भएको छ । 

कौसीमा ‘त्रयम’

तीन जना नारी पात्र वरिपरि घुम्ने नाटकमा संगीता थापा, रक्षा थापा र पूर्णिमा आचार्य शीर्ष भूमिका रहनेछन् । श्रवण रानामगर र नाथन रायन भण्डारीले उनीहरूलाई साथ दिने जनाइएको छ । नाटक दिलीप रानाभाटकै परिकल्पनामा तयार भएको हो । नाटक निर्माणमा रानाभाटलाई आयुष्मा खरेलले सघाएकी छन् ।

नाटक काठमाडौंको एक फ्ल्याटमा भाडामा बस्ने फरकफरक स्वभावका तीन युवतीमा केन्द्रित छ । आफ्नो स्वार्थ र रुचिलाई मात्र प्राथमिकता दिने ती युवतीहरूको जीवनमा आइपर्ने घटनापछि विगतका कथाहरू खुल्दै जान्छन् । थिएटर भिलेजले निर्माण गरेको नाटक २८ गतेसम्म चल्ने जनाइएको छ ।

प्रकाशित : जेष्ठ ९, २०८० ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?