कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'ब्रम्हाण्ड'को छायांकन सकियो

काठमाडौँ — कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको सिरिज 'ब्रम्हाण्ड'को छायांकन सकिएको छ । छायांकन भएको २५ ‍औं दिनमा सिरिजको पहिलो सिजनको इन्ड्क्ल्याप सम्पन्न भएको कान्तिपुर एकेडेमीले जानकारी गराएको हो ।

'ब्रम्हाण्ड'को छायांकन सकियो

निर्माण टिमका अनुसार 'ब्रम्हाण्ड' ८ एपिसोडमा तयार हुनेछ । हरेक एपिसोड एक घण्टाको हुनेछ । सिरिजमा अर्पण थापा, सुनिल थापा, निशा अधिकारी, भोलाराज सापकोटा, माओत्से गुरुङ, राजन खतिवडा, सरीता गिरी, विशाल पहारी, सुरज विष्टलगायतका कलाकारको अभिनय रहनेछ । यही सिरिजबाट सञ्जष ढुङ्गाना र सुप्रज्ञा शर्माले डेब्यू गर्दैछन् ।

यो सिरिजलाई नेपाली, हिन्दी र अंग्रेजी भाषामा ओटीटी प्लेटफर्ममा प्रदर्शन गर्ने तयारी रहेको निर्माण टिमले जनाएको छ । रियाजको लेखन तथा निर्देशन रहेको ब्रह्माण्डलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । सागर राज आचार्य कार्यकारी निर्माता रहेको 'ब्रम्हाण्ड' ओटीटी सिरिजप्रति दर्शकको बढ्दै गएको चासोलाई मध्यनजर गर्दै निर्माण गरिएको हो ।

प्रकाशित : वैशाख २७, २०८० १६:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?