आजकै दिन : फकल्यान्ड टापुमा अर्जेन्टिनाको धावा

काठमाडौँ — लामो समयदेखि बेलायती साम्राज्यको अधीनमा रहेको फकल्यान्डको टापुको स्वामित्व आफ्नो दाबी गर्दै अर्जेन्टिनाले आजकै दिन सन् १९८२ मा ब्रिटिस नौसैनिकको एक सानो टुकडीविरुद्ध धावा बोलेको थियो र जित हात पारेको थियो ।

आजकै दिन : फकल्यान्ड टापुमा अर्जेन्टिनाको धावा

अर्जेन्टिनाबाट ४ सय ८० किलोमिटर पूर्वमा अवस्थित टापुहरूमा ब्रिटिसले सन् १८३३ देखि नै आफ्नो आधिपत्य जमाउँदै आएको थियो । त्यसताका ब्रिटिस सेनाले फकल्यान्डका टापुहरूमा अर्जेन्टिनाको स्वामित्व अस्वीकार मात्रै गरेको थिएन, त्यहाँ रहेका केही अर्जेन्टिनीलाई समेत निकाला गरेर आफ्नो कब्जा जमाएको थियो ।

स्वामित्व विवाद सल्टाउन ब्रिटेन र अर्जेन्टिनाबीच चलिरहेको लामो वार्तालाई तोड्दै अर्जेन्टिनी सेना जुन्टाका लेफ्टिनेन्ट जनरल लियोपोल्दो गाल्टेइरीको नेतृत्व गरिएको थियो । त्यसपछि उक्त अर्जेन्टिनी नौसैनिकले दक्षिण जर्जियाका अन्य टापुहरूमा समेत कब्जा जमाउन सफल भएको थियो । आक्रमणमा विजय हासिल गरे पनि उक्त लडाइँमा अजेन्टिनी नौसैनिकले ठूलो क्षति व्यहोर्नु परेको थियो । एक महिनाभित्रमा अर्जेन्टिनाले झन्डै १० हजार नौसैनिकलाई फकल्यान्डका टापुहरूमा तैनाथ गरेको थियो ।

प्रकाशित : चैत्र १९, २०७९ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?