‘योद्धा’ जसिता

काठमाडौँ — आगामी वैशाख २१ देखि सार्वजनिक प्रदर्शनीमा आउन लागेको फिल्म ‘आई एम ट्वान्टी वान’ मा समावेश ‘योद्धा’ बोलको गीत शनिबार सार्वजनिक गरिएको छ । 

‘योद्धा’ जसिता

पहिलो गीत ‘कथा’ बाट राम्रो प्रतिक्रिया पाइरहेको फिल्मले दोस्रो गीतका रूपमा त्रिशला गुरुङ र प्रसिद राजोपाध्यायको स्वरमा स्वप्निल शर्माको शब्द तथा स्वप्निल र रोहित शाक्यको संगीतमा ‘योद्धा’ ल्याएको हो । द वाइल्ड रिपर्ज क्रुले यसको कोरियोग्राफी गरेको हो ।

गीतमा फिल्मका अभिनेता धीरज मगर र अभिनेत्री जसिता गुरुङलाई फिचरिङ गरिएको छ । डान्सिङ नम्बर रहेको गीतमा धीरज र जसिताले नृत्यका लागि दिलोज्यान लगाएका छन् । त्ससो त यसअघि भक्तपुर दरबार स्क्वायर क्षेत्रमा खिचिएको ‘कथा’ गीतमा पनि यो जोडीको मिहिनेत झल्कन्थ्यो ।

रेनेशा राईको निर्देशन रहेको यस फिल्ममा सुशान्त प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन रहेको छ भने संवादमा रेनेशालाई सोमनाथ खनालले सघाएका हुन् । प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबराको लगानी रहेको ‘आई एम ट्वान्टी वान’ लाई आइकोर फिल्मस्को ब्यानरमा निर्माण गरिएको हो ।


प्रकाशित : चैत्र १९, २०७९ १०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?