१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

‘बलिउडमा राजनीति’

एजेन्सी

मुम्बई — अभिनेत्री प्रियंका चोपडाले फिल्म क्षेत्रको राजनीतिका कारण आफूले बलिउड छाडेको बताएकी छन् । अमेरिकाको साप्ताहिक पोडकास्ट कार्यक्रम ‘आर्मचेयर एक्सपर्ट’ का होस्ट ड्याक्स शेफर्ड र मोनिका प्याडम्यानसँगको कुराकानीमा उनले बलिउडमा पाइरहेको कामले खुसी नमिलेको पनि बताएकी छन् । 

‘बलिउडमा राजनीति’

कार्यक्रममा उनले बलिउडबाट हलिउडसम्मको यात्रा, भारत छाडेर अमेरिकामा बस्ने निर्णय, निक जोनससँगको प्रेम प्रसंग र पुरुष कलाकारको तुलनामा महिलाले कम पारिश्रमिक पाउनेजस्ता विषयमा आफ्नो अनुभव सुनाएकी छन् । उनले त्यतिबेला बलिउडबाट निस्कने कुनै बाटो खोजिरहेको पनि बताएकी छन् । यस्तो अवस्थामा संगीतको माध्यमबाट विश्वभर यात्राको मौका मिलेको पनि जनाएकी छन् ।

सन् २०१२ मा उनले ‘इन माइ सिटी’ बाट आफ्नो सांगीतिक करियर सुरु गरेकी थिइन् । साथै, सन् २०१५ को टेलिभिजन शो ‘क्वान्टिको’ मार्फत हलिउडमा पाइला राखेकी थिइन् । चोपडाले सन् २०१८ मा अमेरिकी गायक तथा कलाकार निक जोनससँग विवाह गरेकी थिइन् । गत वर्ष उनी आमा बनेकी थिइन् ।

प्रकाशित : चैत्र १५, २०७९ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?