२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

निफमा 'ऐना झ्यालको पुतली'को वर्चश्व

काठमाडौँ — 'ऐना झ्यालको पुतली'ले छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा वर्चश्व कायम गर्‍यो । सुजित बिडारी निर्देशित यो फिल्मले उत्कृष्ट फिल्म, निर्देशक, पटकथा र स्पेसल मेन्सन जित्यो ।

निफमा 'ऐना झ्यालको पुतली'को वर्चश्व

निर्देशक सुजित बिडारीले निर्देशक, पटकथाको अवार्ड उचाल्दा फिल्ममा अभिनय गरेका बाल-कलाकार दिनेश खत्रीले आफ्नो प्रस्तुतिका लागि स्पेसल मेन्सन पाए । त्यस्तै उत्कृष्ट फिल्मको अवार्ड उचाल्न निर्माण टोली नै मञ्चमा उक्लेका थिए ।

१७ विधामा अवार्ड वितरण गर्दा सुवर्ण थापा निर्देशित फिल्म 'सिक्रेट अफ राधा'ले स्पेशल मेन्सनतर्फ अवार्ड जित्यो। बंगलादेशको फिल्म 'हाउस अफ नो नेम'ले डन किहोटे जित्दा सर्ट र डकुमेन्ट्री विधामा स्पेशल मेन्सन इरानको 'द प्रेयर्स'ले जित्यो।

पञ्चकन्या सर्ट फिल्मतर्फ मिङ्सो लिम्बूले 'जुन्को'बाट ५० हजार नगदसहित अवार्ड प्राप्त गरे । वाल्मीकि उत्कृष्ट अन्तर्राष्ट्रिय अवार्डबाट इरानको 'द बुक'ले अमेरिकी ५ हजार जित्न सफल भयो । मञ्जुश्री उत्कृष्ट एनिमेटेड सर्ट फिल्म 'द कन्ट्री स्लोभानिया'ले जित्यो ।

एके शेर्पा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड हेर्ने कथाले बनाएको 'बाघको बंघारा'ले प्राप्त गर्‍यो भने उपहारमा यो टिमले नगद ५० हजार पायो। माउन्ट एभरेस्ट उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड 'मेनताव्य'ले जित्दा उत्कृष्ट निर्देशक अन्तर्राष्ट्रिय सर्ट फिल्म अवार्ड 'दुविधा'ले जित्यो ।

त्यस्तै, उत्कृष्ट सिनिमेटोग्राफी अन्तर्राष्ट्रिय फिचर फिल्मको अवार्ड राजेश श्रेष्ठले 'प्रकाश'बाट जिते । प्रदीप खड्का उत्कृष्ट अभिनेता घोषित हुँदा अभिनेत्रीमा दीया मास्केले अवार्ड उचालिन् । 'यसरी पर्फरका रुपले अवार्ड आजसम्म पाएको थिएन । यसअघि स्टारका रुपमा पाएँ होला । तर मेरो पर्फमेन्स हेरेर यस्तो अवार्ड पाउँछु भन्ने सोचेको थिएन,'अवार्ड उचाल्दै खड्काले भने ।

निर्देशक बिडारीले राष्ट्रिय विधातर्फको उत्कृष्ट निर्देशकको अवार्ड उचालेका हुन् । 'ऐना झ्यालको पुतली' उत्कृष्ट बन्दा उपहारमा टिमले नगद एक लाख प्राप्त गरेको थियो । कार्यक्रमको अन्तिम दिन बागमती अवार्डबाट उत्कृष्ट अन्तर्राष्ट्रिय सर्ट फिल्ममा 'द बुक'ले अवार्ड जित्यो । गौतम बुद्ध अवार्ड भने बंगलादेशको फिल्मले नै जित्यो । बंगलादेशबाट नेपाल आएका फिल्मकर्मीहरुले उपहारमा १५ सय अमेरिकी डलर प्राप्त गर्‍यो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको प्रमुख आतिथ्यमा समापन गरिएको कार्यक्रममा अभिनेत्री गौरी मल्ल, प्रियंका कार्की, नम्रता श्रेष्ठ, प्रदीप कार्कीलगायतका कलाकारदेखि फिल्मकर्मीको उपस्थिति थियो ।

प्रकाशित : चैत्र ६, २०७९ २२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?