‘इम्ब्रेस अटिजम’ सांगीतिक कार्यक्रमका लागि अस्ट्रेलियाली सरकारको सहयोग- मनोरञ्जन - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘इम्ब्रेस अटिजम’ सांगीतिक कार्यक्रमका लागि अस्ट्रेलियाली सरकारको सहयोग

कान्तिपुर संवाददाता

काठमाडौँ — ‘इम्ब्रेस अटिजम’ सांगितिक कार्यक्रम हुने भएको छ । काठमाडौं महानगरपालिका, अटिजम केयर नेपाल सोसाइटी र प्रख्यात नेपाली रक सांगीतिक समूह १९७४ एडीहरुले सहकार्य गरी काठमाडौंको टुँडिखेलमा यहि शनिबार साँझ ५ बजे सांगीतिक कार्यक्रमको आयोजना गर्न लागेका हुन् ।

अटिजमसम्बन्धी जनचेतना फैलाउने र मस्तिष्क विकाससम्बन्धी भिन्नता भएकाहरुको उत्सव मनाउने उद्देश्यले आयोजित उक्त कार्यक्रमलाई सहयोग गर्न पाउँदा नेपालस्थित अस्ट्रेलियाली दूतावासले दुतावासले खुसी व्यक्त गरेको छ ।

नेपालमा करिब तीन लाख बालबालिकाहरुमा अटिजम भएको हुन सक्ने अनुमान छ । अटिजमले सबै जातजाति र समाजिक समूहहरूमा उत्तिकै प्रभाव पारेको पाइन्छ । समयमै हस्तक्षेप गर्न सके अटिजम भएका बालबालिकाहरुको सिकाइमा सुधार ल्याउन, सञ्चार सिपको विकास गर्न र मस्तिष्क विकासमा समेत सकारात्मक प्रभाव पार्न सकिने दूतावासले जनाएको छ ।

अटिजम केयर नेपाल सोसाइटी (एसीएनएस) का अध्यक्ष सुनिता मलेकुका अनुसार नेपालमा अटिजमको फैलावट व्यापक रहेको भए पनि हाम्रो समाजमा अटिजमबारे एकदम कम छलफल हुन्छ र समुदायमा अटिजमबारे जानकारी सीमित छ । उनले भनिन्, ‘अभिभावकहरू, स्वास्थ्यकर्मीहरू, समुदायका सरोकारवालाहरूमा पनि बालबालिकामा हुने विकासात्मक ढिलाइ र भिन्नताहरूको कम जानकारी भएकाले बालबालिकाहरूमा अटिजमको अवस्था निदान गर्न ढिलो हुने गरेको पाइन्छ ।’

‘यो विषयमा जानकारी बढाउन, जनचेतना वृद्धि गर्न र अटिजमको अवस्थालाई बालबालिकाहरूको कलिलै उमेरमा पत्ता लगाउन अत्यन्त जरुरी छ । समयमै पत्ता लागेमा र उपचार गरेमा अटिजम भएका व्यक्तिहरूले पनि थोरै मद्दतले पनि सहज जीवन जीउन सक्ने अवस्था सिर्जना गर्न सकिन्छ,’ उनले भनिन् ।

काठमाडौँ महानगरपारिकाका उपमेयर सुनिता डंगोलले महानगरले अपांग समावेशीतालाई विशेष कार्यक्रमका रुपमा लिएको र यस क्षेत्रम विभिन्न संघ संस्थाहरूसँग सहकार्य गरिरहेको बताइन् । ‘सबै जनालाई उक्त सांगीतिक कार्यक्रममा सहभागी भई अटिजमबारे जनचेतना फैलाउन सहयोग गर्न आह्वान गर्दछु,’ उपमेयर डंगोलले भनिन् ।

नेपालका लागि अस्ट्रेलियाली राजदूत फेलिसिटी भोल्कले अस्ट्रेलियाली सरकार अपांग समावेशी विकासलाई प्राथमिकाताका साथ प्रवर्द्धन गर्ने बताइन् । सांगीतिक समूह १९७४ एडीले अटिजमलाई अंगाएर अटिजमका लागि सांगीतिक कार्यक्रम गर्न पाउँदा निकै खुसी लागेको जनाएको छ ।

प्रकाशित : चैत्र २, २०७९ २०:१४
प्रतिक्रिया
पठाउनुहोस्

मिल्स गोल्डकप : उपाधिका लागि सिरहाको प्रतिभा र झापाको ध्रुवतारा भिड्ने

विनोद भण्डारी

विराटनगर — साविक विजेता सिरहा गोलबजारको प्रतिभा फुटबल क्लब विराटनगरमा जारी तेस्रो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सिरहाले बिहीबार विराटनगर जुट मिल मैदानमा गाईघाट फुटबल क्लब उदयपुरलाई ३–० गोलले हराउँदै उपाधि रक्षाको यात्रा तय गरेको हो ।

नवप्रतिभा सिरहाका विश्वास राई बललाई अगाडि बढाउँदै । तस्बिर : विनोद भण्डारी/कान्तिपुर

प्रतिभाले उपाधि रक्षाका लागि शनिबार झापाको ध्रुवतारा युवा क्लबसँग प्रतिस्पर्धा गर्नेछ । सिरहाका लागि अब्दुला, बिनु आलेमगर र सिद्धान्त लामाको प्रहार गोलमा परिणत भयो । निकै प्रतिस्पर्धात्मक खेल पहिलो हाफसम्म गोलरहित रह्यो ।

दोस्रो हाफदेखि सिरहाले आक्रमक खेल पक्दै ४४ औं मिनेटमा गोलको खाता खोल्यो । सिद्धान्त लामाले डीबक्सभित्र दिएको पासलाई अब्दुलाले गोलमा परिणत गरेका थिए ।

६२ औं मिनेटमा बिनु आलेमगरले उत्कृष्ट फिनिसिङ गर्दै टिमको अग्रता दोब्बर गरे । उनले बल नियन्त्रण गर्ने क्रममै गाईघाट डिफेन्स निमछिरिङ शेर्पालाई झुक्याउँदै आकर्षक गोल गरी अग्रता दोब्बर बनाएका थिए ।

खेलको ७४ औं मिनेटमा सिद्धान्त लामाले गोल गरे । उनले बिनु आलेमगरले डीबक्सभित्रबाट निकालिदिएको क्रसमा बललाई पोस्टको दिशा दिएका थिए ।

प्रकाशित : चैत्र २, २०७९ १९:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×