'निफ'मा देखाइने फिल्मको सूची सार्वजनिक- मनोरञ्जन - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'निफ'मा देखाइने फिल्मको सूची सार्वजनिक

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव 'निफ'मा देखाइने फिल्मको सूची सार्वजनिक गरिएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा निफले फिल्महरुको सूची सार्वजनिक गर्नुका साथै महोत्स्वको अन्तिम तयारी सकिएको जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले निफको उद्घाटन गर्नेछन् । चैत २ देखि ६ सम्म आयोजना हुने यो महोत्सव 'विश्वभरीका कथाहरुको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव' नारा तय भएको छ ।

महोत्सवमा प्रदर्शन गरिने फिल्म १ सय ५० रुपैयाँमा दर्शकले हेर्न पाउने व्यवस्था मिलाइएको छ । यो पटक निफका फिल्महरु क्यूएफएक्ससँगको सम्झौत अनुसार बिग मुभिज, छाया, लविङ र भक्तपुरको भाटभटेनीमा देखाइँदैछन् । महोत्सवमा ३५ देशका ९५ फिल्म देखाइँदैछ । यो महोत्सवमा विगतमा झैं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय, लामा-छोटा फिल्म, डकुमेन्ट्री तथा एनिमेटेड फिल्महरु देखाइनेछन् ।

प्रकाशित : चैत्र १, २०७९ २२:०९
प्रतिक्रिया
पठाउनुहोस्

महेन्द्र र जनता क्याम्पस स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी

दुर्गालाल केसी

दाङ — महेन्द्र बहुमुखी क्याम्पस घोराही र जनता क्याम्पस बिजौरीका स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी भएको छ । स्ववियु निर्वाचनलाई केन्द्रित गरी मंगलबारदेखि घोराहीमा नेत्रविक्रम चन्द निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) र बिजौरीमा कांग्रेसनिकट नेपाल विद्यार्थी संघले तालाबन्दी गरेका हुन् ।

महेन्द्र बहुमुखी त्रिभूवन विश्वविद्यालय र जनता क्याम्पस नेपाल संस्कृत विश्वविद्यालयका आंगिक क्याम्पस हुन् ।

घोराहीमा अनधिकृतरुपमा विद्यार्थीका खाली परिचयपत्र वितरण गरेका कारण तालाबन्दी गरेको अनेरास्ववियु (क्रान्तिकारी)का क्याम्पस इञ्चार्ज दिपक केसीले जानकारी दिए । बिजौरीमा भने एउटै विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा कतै तालाबन्दी भएको र कतै जबर्जस्ती निर्वाचन गराउन खोजेको भन्दै तालाबन्दी गरिएको नेविसंघका जिल्ला अध्यक्ष कुलराज पोख्रेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतको विश्वविद्यालय विद्यापीठ बेलझुण्डीमा एमाले निकट अनेरास्ववियुले सोमबार तालाबन्दी गरेपछि त्यसको विरोधस्वरुप नेविसंघले बिजौरीमा तालबन्दी गरेको हो । बेलझुण्डीमा ताला खुले पनि बिजौरीमा भने खुल्न सकेको छैन ।

गैरविद्यार्थीलाई समावेश गरी मतदाता नामावली प्रकाशन गरेको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेको थियो । वार्ता र छलफलबाट समस्या समाधान गर्ने सहमतिपछि बुधबार ताला खोलिएको अनेरास्ववियुले जानकारी दिएको छ ।

प्रकाशित : चैत्र १, २०७९ २१:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×