कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

पारिवारिक कथामा ‘फूलबारी’

पोखरा — फरक–फरक चरित्रमा प्रस्तुत हुन रुचाउने अभिनेता विपिन कार्की यतिबेला फिल्म ‘फूलबारी’ मा पनि ‘बा’ को भूमिकामा देखिँदै छन् । उक्त भूमिकामा पहिला राजेश हमाल र हरिवंश आचार्यलाई प्रस्ताव गरिए पनि पछि चरित्रभन्दा आधा कम उमेरका कार्कीले मौका पाएका थिए । रामबाबु गुरुङको निर्देशन रहेको फिल्ममा विपिनको जोडीमा अरुणा कार्की छिन् । 

पारिवारिक कथामा ‘फूलबारी’

फागुन ५ देखि प्रदर्शनमा आउन लगेको फिल्म युनिट यतिबेला प्रचारका लागि देश दौडाहामा छ । सोमबार पोखरामा आइपुगेका विपिनसहित फिल्मका कलाकार प्रियंका कार्की, शिल्पा मास्के, गायक तथा संगीतकार कालीप्रसाद बाँस्कोटाले ‘फूलबारी’ परिवारका सदस्यबीच सम्बन्धमा आउने उतारचढावको कथा रहेको बताए । अभिभावक र सन्तानबीचको सम्बन्धमा पैदा हुने असमझदारी र त्यसले निम्त्याउने घटनाक्रमलाई स्थानीय परिवेशमा प्रस्तुत गरिएको अभिनेता कार्कीले बताए । फिल्ममा पूर्वी पहाडको परिवेश, संस्कृति, रहनसहन, बोलीचाली प्रयोग भएकाले चरित्र निभाउन सहज भएको उनको भनाइ थियो । ‘मैले वास्तविक जीवनमा देखिने चरित्र फलो गर्छु,’ उनले भने, ‘यो चरित्रका लागि स्वयं मेरो बुबालाई सम्झिएँ । बुबाको जस्तै हाउभाउ, आनीबानी, बोलीचालीलाई उतारें ।’

‘फूलबारी’लाई हिन्दी फिल्म ‘बागबन’ को कथाबस्तुसँग मिल्दो भएको आलोचना पनि गरिएको छ । त्यसबारे भने कार्कीले भने, ‘बुबाआमालाई भगवान मान्ने, आदर गर्ने संस्कार, संस्कृति भारतीयको र हाम्रो उस्तै छ । तर प्रस्तुति फरक छ ।’ कलाकार प्रियंका कार्कीले ‘फूलबारी’ पारिवारिक फिल्म भएको जिकिर गर्दै पारिवारिक अन्तरसम्बन्धमा आउने हरेक विचारलाई उत्तिकै महत्त्वका साथ फिल्ममा प्रस्तुत गरिएको सुनाइन् ।

प्रकाशित : माघ १७, २०७९ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?