नाजिरको 'गुलाबी' लुक- मनोरञ्जन - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नाजिरको 'गुलाबी' लुक

कान्तिपुर संवाददाता

काठमाडौँ — अभिनेता नाजिर हुसेनको नयाँ फिल्म 'गुलाबी'को लुक सार्वजनिक भएको छ । हालै सार्वजनिक चरित्र तस्बिरले उनी यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको पात्रको रुपमा देखिने खुलाएको छ । 

समुन्द्र भट्टको निर्देशनमा तयार भएको यस फिल्ममा नाजिर गुलाबीको भूमिकामा देखिँदैछन् । सामाजिक सञ्जालमा नयाँ चरित्रको तस्बिर सार्वजनिक गर्दै नाजिरले फिल्म 'गुलाबी' यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका मानिसहरुका गवाहीहरु बटुलेर बनाइएको उल्लेख गरेका छन् ।

'गुलाबीजस्तो महत्त्वपूर्ण फिल्मका लागि मलाई रोजेकोमा म एकदमै खुशी छु,' नाजिरले भने । फिल्मकी निर्देशक समुन्द्रले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका मानिसहरुको वास्तविकता थाहा गर्न दुई वर्ष निरन्तर उनीहरुसँग बिताइन् । उनीहरुका जीवन कथा सुनिन् । 'मलाई लाग्छ, मेरो कामले आफूभित्रको सत्यतालाई स्वीकारेर बाँच्ने प्रयास गरेको यो समुदायप्रति मेरो गहिरो सम्मान प्रकट गर्नेछ,' उनले भनेकी छन् ।

नाजिर लामो समयपछि 'गुलाबी'मार्फत ठूलो पर्दामा देखिँदैछन् ।

प्रकाशित : माघ १२, २०७९ १२:११
प्रतिक्रिया
पठाउनुहोस्

सुनको मूल्य अहिलेसम्मकै उच्च

बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाँ कायम भएको छ । 
कान्तिपुर संवाददाता

काठमाडौँ — सुनको मूल्यले बिहीबार नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाँ पुगेको छ । यसअघि गत मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो ।

मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँ पुगेको थियो । बुधबार भने सुनको मूल्यमा प्रतितोला १ सय रुपैयाँ कम भएको थियो। तेजाबी सुन भने प्रतितोला १ लाख ६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि भने गत वर्षको फागुन २५ गते सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ५ सय पुगेको थियो । जुन उच्च मूल्य एक वर्ष नपुग्दै तोडिएको हो । अन्तर्राष्ट्रिय मूल्य उतारचढावअनुसार नेपालमा महासंघले मूल्य निर्धारण गर्दै आएको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ८३ रुपैयाँ कायम भएको छ । बुधबार भने चाँदीको मूल्य १ हजार ३ सय ६५ रुपैयाँ प्रतितोला कायम भएको थियो । चाँदीको मूल्य भने गत फागुन २५ गते प्रतितोला १ हजार ४५० रुपैयाँ पुगेको थियो । जुन मूल्य हालसम्मकै उच्च हो ।

प्रकाशित : माघ १२, २०७९ १२:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×