१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

निफले तोड्यो परम्परा, महोत्सवका सबै फिल्म क्यूएफएक्समा देखाइने 

काठमाडौँ — छैठौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)ले अभ्यासरत प्रदर्शनका शैलीलाई तोड्दै हलमै फिल्म देखाउने भएको छ । मल्टिप्लेक्स हलहरुको ठूलो चेन संस्था क्यूएफएक्समा ३५ देशबाट छनोट गरिएका ९५ फिल्मलाई सहभागीहरुले हेर्न पाउने भएका छन् ।  

निफले तोड्यो परम्परा, महोत्सवका सबै फिल्म क्यूएफएक्समा देखाइने 

ठमेलको छायाँ सेन्टर, सिभिल मल, ललितपुरको लबिम र भक्तपुरको क्यूएफएक्समा फिल्महरु देखाइने बताइएको छ । अन्य ठूला अन्तर्राष्ट्रिय महोत्सवमा अभ्यासरत हलमा फिल्म देखाउने शैलीलाई अपनाउने जोखिम आफूहरुले मोलेको निफका अध्यक्ष केपी पाठकले बताए ।

'हामी हरेक वर्ष केही न केही घाटा बेहोरेर महोत्सव आयोजना गर्दै आइरहेका छौं । फिल्मकर्मीले हाम्रो काम र मिहिनेत देखेर गरिदिने प्रशंसा नै यस्ता महोत्सव गर्ने उर्जा हो । आर्थिकरुपले सहयोग गर्ने मौका अझै छ, सम्बन्धित निकायलाई हामीसँग जोडिन आह्वान गर्न चाहन्छु,' बुधबार आयोजना गरिएको पत्रकार सम्मेलनमा पाठकले भने, 'यस पटक हामीले हलमा महोत्सवका फिल्महरु देखाउने जोखिम मोलेका छौं । यसअघि पर्यटन बोर्ड र सभागृहमा फिल्महरु देखान्थ्यो । त्यसरी देखाउँदा कति फिल्मकर्मीले ती हलमा राम्रो साउन्ड नै नसुनिएको कुरा गर्थे । अब हलमा त्यस्तो समस्या हुँदैन ।'

विश्वभरीका कथाहरुको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको नारा बोकेर यो महोत्सव चैत्र २ देखि ६ सम्म आयोजना हुनेछ । कोभिड १९ ले महोत्सवको चौथौं र पाँचौं संस्करणलाई असर गरेको थियो । ५५ देशबाट आवेदन परेका ५ सय बढी फिल्मबाट अन्तिम ३५ छनौट गरिएको हो । महोत्सवमा देखाइएका लामा-छोटा फिल्म, डकुमेन्ट्री र एनिमेसन देखाइनेछन् । फिल्मकर्मी र कलाकारहरुको सहभागितामा विविध कार्यशाला, अन्तरक्रिया र छलफल कार्यक्रम हुनेछ ।

त्यस्तै प्रदर्शनमा आएका फिल्महरुलाई ७ विधामा १४ पुरस्कार पनि वितरण गरिनेछ । क्यूएफएक्सकी प्रशंसा पाण्डे निफलाई अन्य अन्तर्राष्ट्रिय महोत्सवका रुपमा विकास गर्न आफूहरुले साथ र सहयोग गर्ने बताइन् ।

'हामी सुन्छौं कान्स, बर्लिन फिल्म फेस्टिभलहरु । विश्वका यस्तै प्रख्यात फिल्म फेस्टिभलका रुपमै निफ विकसित हुँदै जाओस् भन्ने हेतुले हामीले यो महोत्सवलाई सहयोग गर्ने सोचेका हौं,' उनले भनिन् ।

प्रकाशित : माघ ११, २०७९ १६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?