कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिक्किममा गुन्जिए यश कुमार

पर्वत पाेर्तेल

सिक्किम — नेपाली गायक तथा अभिनेता यशकुमार भारतको हिमाली राज्य सिक्किमको पश्चिमी भूभाग बर्मेकमा गुन्जिए । यो भेगमा पहिलो पटक आयोजित ‘दसक सांस्कृतिक महा–उत्सव’ मा यश कुमारले आधा दर्जन बढी आफ्ना नयाँपुराना सिर्जना सुनाए ।

सिक्किममा गुन्जिए यश कुमार

संगीत करिअरकै पहिलो प्रस्तुती सिक्किमबाटै सुरु गरेका यश कुमारले बर्मेकका स्थानीय दलित समुदायका युवाहरुको आह्वानमा आयोजित उत्सवमा पहिलो पटक प्रस्तुती दिएका थिए । ‘सिक्किमबाटै मैले पहिलो पटक माइक समातेर गीत पाउन सिकेको हो’, यश कुमारले सयौ फ्यानमाझ भने,‘बर्मेकमा पनि मेरो पहिलो प्रस्तुती नै हो ।’

उनले चर्चित गीतहरु विरानो यो मन्दिरमा..., मैले छोएको पानी चल्दैन..., तिमीलाई कुनै पल..., लगायत गीत सुनाए । बाबु बोगटीको ‘तुल्सी आँगनमा रोपौँला... मा उनलाई सिक्किमे गायकहरु रवि गहतराज, नवीन गजमेर, डुवर्सका विक्की परियार र उद्घोषक राजेश घतानीले साथ दिए । यशले गीत सुनाइरहदा स्थानीय श्रीजंगा सरकारी पाठशालाको मैदानमा उपस्थित सयौं दर्शक उनीसँगै झुमेका थिए ।

अन्य जातजातिहरुको झैं दलित (अनुसूचित जाति) समुदायको छुट्टै चाडपर्व छैन । त्यही भएर यो वर्षदेखि ‘दसक सांस्कृति महा–उत्सव’ को सुरुआत गरिएको उत्सव आयोजक समितिका कार्यकारी प्रमुख शेखर सेवाले जनाए । ‘चाडपर्वको रुपमा र हाम्रा सांस्कृति धरोहरहरुको संरक्षण खातिर कार्यक्रम थालनी गरेका हौ’, सेवाले भने ।

सिक्किमका कृषि तथा वागवानी विकाश मन्त्री लोकनाथ शर्माले उद्घाटन गरेको उत्सवमा दलित समुदायका विभिन्न वाजागाजा, सीप, कलाहरुको प्रदर्शनी समेत गरिएको थियो । यस अवसरमा गीत संगीत मार्फत् समाज रुपान्तरणमा योगदान पुर्‍याएको भन्दै कलाकाहरु यश कुमार र राजेश घतानीलाई विशिष्ट सम्मान प्रदान गरियो । सिक्किमका युवा गायकहरु रवि गहतराज, नवीन गजमेर, शीशिर ठटाल, निकिता सिन्च्युरी र एलबी बराईलीलाई ‘सिक्किम प्रतिभा सम्मान’ प्रदान गरियो । डुवर्सका गायक बिक्की परियार लगायतलाई पनि सम्मानित गरिएको थियो ।

प्रकाशित : माघ ७, २०७९ १८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?