नेपाली फिल्म क्षेत्रको कथामा 'चलचित्र' बन्ने

काठमाडौँ — 'हरी'का निर्देशकद्वय सफल केसी र प्रतीक गुरुङको निर्देशनमा नयाँ फिल्म बन्ने भएको छ । 'चलचित्र' शीर्षकमा बन्ने फिल्मका लागि कलाकारमा अभिनेता विपिन कार्की र अर्पण थापा अनुबन्धित भएका छन् । 

नेपाली फिल्म क्षेत्रको कथामा 'चलचित्र' बन्ने

मन प्रोडक्सन र रिजोनेटिङ पिक्चर्सको निर्माणमा तयार हुने यो कमेडी विधाको फिल्ममा नेपाली फिल्म क्षेत्रको कथा समावेश गरिने बताइएको छ । सन् २०१९ देखि नै सफल र प्रतिकले यो कथामा काम गर्न थालेका हुन् ।

फागुनतिर फिल्मको छायांकन गर्ने तयारी छ । यसअघि यो फिल्म साउथ एसिया फिल्म ल्याबको कार्यशालामा छनोटमा परेको थियो । अहिले निर्माण टिम फिल्मका लागि ८० कलाकारको अडिसन लिने तयारीमा छन् । सुशान्त श्रेष्ठ र निकुन श्रेष्ठ निर्माता फिल्ममा निर्माताहरु हुन् ।

सन् २०१९ देखि स्थापना भएको मन प्रोडक्सन अन्तर्राष्ट्रिय महोत्सव लक्षित फिल्मभन्दा घरेलु बजारलाई गुणस्तरीय फिल्म दिने उद्देश्यका साथ सुरु भएको हो । अर्गानिक कथाहरुलाई घरेलु बजारमा मात्र सीमित नगराई विश्व बजारमा पुर्‍याउने पनि लक्ष्य यो प्रोडक्सनको छ ।

प्रकाशित : माघ ६, २०७९ २०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?