भ्यालेन्टाइन्स डेको अवसरमा टाइटानिक फोर केमा रिलिज हुँदै

एजेन्सी

काठमाडौँ — जेम्स क्यामरूनको चर्चित फिल्म 'टाइटानिक' आउँदो फेब्रुअरी १० मा पुन: सिनेमा हलहरूमा फर्किने भएको छ । सन् १९९७को डिसेम्बरमा रिलिज भएको यस फिल्मले ११ वटा ओस्कार अवार्ड जितेको थियो । यो फिल्म पहिलोपटक रिलिज भएको २५ औं वार्षिकोत्सवको अवसर र भ्यालेन्टाइन्स सप्ताहको मौका पारेर थ्रीडी, फोर के, एचडीआरमा फेरी देखाइने तयारीका साथ ट्रेलर एक हप्ताअघि नयाँ ट्रेलर र पोस्टर समेत सार्वजनिक गरिएको छ ।

भ्यालेन्टाइन्स डेको अवसरमा टाइटानिक फोर केमा रिलिज हुँदै

हलिउड र विश्व फिल्म इतिहासकै सबैभन्दा चर्चित फिल्ममध्ये एक मानिने यो प्रेमकथाले १५ हप्ता बक्स अफिसमा लगातार नम्बर एकमा रहेर २.१८ अर्ब डलर बराबरको व्यापार गरेको थियो । फिल्मलाई थ्रीडी, फोर के, एचडीआर फर्म्याटमा रिमास्टर गरेर पुन: निर्माण गर्न झण्डै एक करोड ८० लाख डलर अर्थात दुई अर्ब करोड रुपैयाँभन्दा बढी खर्च भएको प्रारम्भिक अनुमान रहेको छ । यसअघि सन् २०१७ मै फिल्मको २० औं वार्षिकोत्सवमै थ्रीडी फर्म्याटमा पुन: रिलिज गर्ने तयारी भएको थियो ।

भारतमा यो फिल्मलाई डिज्नी इन्डियाले रिलिज गर्ने भएको छ तर कतिवटा थ्रीके एचडीआर सिनेमा हल छन् भन्ने प्रष्ट भइनसकेको कम्पनीको दाबी छ । केही रिपोर्टहरूले निर्माताहरू थ्रीडी, फोर के, एचडीआर फर्म्याट नभएका स्थानमा १०८० पी एचडी फर्म्याटमा पनि फिल्म उपलब्ध गराउने सोचमा रहेको संकेत गरेका थिए ।

विश्वमा १ अर्ब डलर माथिको व्यवसाय गर्ने पहिलो फिल्म रहेको टाइटानिकलाई १५ वर्षपछि २०१२ मा रिलिज भएको क्यामारूनकै फिल्म अवतारले उछिनेको थियो । अवतार थ्रीडीमा सफल भएपछि उनले टाइटानिकलाई प्रविधिको प्रयोगले अझै उत्तम बनाएर पुन: रिलिज गर्ने सोच बनाएको बताएका थिए । रिमास्टर गरिएको फिल्मलाई थ्रीडी हेराइको लागि आकर्षक बनाउन रातको आकाश लगायतका दृष्‍य पुन: निर्माण गरिएको थियो, जसमा हेलचक्र्याँइ भएको भन्दै निल डेग्रास टाइसन लगायत एस्ट्रोफिजिसिस्टले आलोचना समेत गरेका थिए । अहिलेको ट्रेलर र पोस्टरमा नायिकाको कपाल भिन्दाभिन्दै देखिएको भनेर ट्वीटरमा हँसीमजाक भइरहेको छ ।

प्रकाशित : पुस २९, २०७९ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?