कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

किम्फमा 'जुन्को' देखाइँदै 

काठमाडौँ — विभिन्न अन्तर्राष्ट्रिय अवार्ड जितिसकेको नेपाली लघु फिल्म 'जुन्को' किम्फमा प्रदर्शन हुँदैछ । मिन्सो लिम्बुको लेखन र निर्देशन रहेको यो फिल्म काठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभलको तेस्रो दिन प्रदर्शनमा आउने भएको हो । 

किम्फमा 'जुन्को' देखाइँदै 

१४ मिनेट लामो यस फिल्मले कामका लागि भारततिर लागेका पतिको पर्खाइमा रहेका श्रीमति र छोरीको कथा भन्छ । सन् २०२१ मा ग्रीसको ड्रामा अन्तर्राष्ट्रिय लघु फिल्म महोत्सवबाट यात्रा सुरु गरेको 'जुन्को' इटालीको प्रतिष्ठित टोरिनो चलचित्र महोत्सव, स्विजरल्याण्डको फ्रिबौर्ग फिल्म महोत्सव, एस्टोनियाको ब्ल्याक नाइट्स, अमेरिकाको वासिंगटन डिसी फिल्म महोत्सवलगायत १९ अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा प्रदर्शन भइसकेको छ ।

हालै, मोस्कोस्थित संसारकै सबैभन्दा पुरानो फिल्म स्कुल जेरासिमोभ युनिभर्सिटी अफ सिनेमेटिक आर्ट्सद्वारा आयोजित गिक चलचित्र महोत्सवमा फिल्मले उत्कृष्ट फिल्मको जुरी अवार्ड उचाल्यो । त्यस्तै, यसअघि फिल्मले बुल्गेरियाको १८ औं अर्लिबर्ड फिल्म फेस्टिभलमा उत्कृष्ट निर्देशक, अष्ट्रियाको लिन्ज फिल्म महोत्सवमा उत्कृष्ट छायांकन र बंगलादेशको १४ औं अन्तर्राष्ट्रि लघु फिल्म महोत्सवमा उत्कृष्ट पटकथा जितिसकेको छ ।

सिमल सिनेमा र प्रेम प्रसाद अधिकारीद्वारा निर्मित फिल्ममा निरज भुसालको छायांकन, पासाङ दावा शेर्पाको सम्पादन छ । तीन वर्षअघि फिल्मको छायांकन गरिएको थियो । 'जुन्को' निर्देशक लिम्बुको डेब्यू फिल्म हो । एभरेस्ट फिल्म एकेडेमीबाट पटकथा लेखन र निर्देशन पढेका लिम्बु अहिले आफ्नो अर्को लघु फिल्म 'समर गुडबाई'मा व्यस्त छन् । यो फिल्म सन् २०२२ मा ग्रिसको ड्रामा अन्तर्राष्ट्रिय लघु फिल्म फेस्टिभलको ९ औं ड्रामा पिचिङ ल्याबमा छनौट भएको थियो ।

प्रकाशित : मंसिर २३, २०७९ १३:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?