'एभरेस्ट म्यान'लाई कजाकस्तानमा अवार्ड

काठमाडौँ — कीर्तिमानी आरोही कामीरिता शेर्पामाथि बनाइएको वृत्तचित्र 'एभरेस्ट म्यान'ले अवार्ड प्राप्त गरेको छ । कजाकस्तानको 'वास्ताउ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल'मा उत्कृष्ट वृत्तचित्र अवार्ड प्राप्त गरेको हो ।

'एभरेस्ट म्यान'लाई कजाकस्तानमा अवार्ड

वृतचित्रमा पर्वतारोहणका सकस र जलवायु परिवर्तनका कारण हिमालमा देखा परेका असर देखाइएको छ । 'एक सामान्य मानिसको असामान्य क्षमता र उत्कृष्ट सफलताको कथा : एभरेष्ट म्यान फेरी कजाकिस्तानमा भएको वास्ताउ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा उत्कृष्ट वृत्तचित्र बाट पुरस्कृत भएको छ ।

सबैतिरबाट माया र सम्मान पाएकोमा हामी आभारी छौं,'निर्देशक विनोद अधिकारी भन्छन्,‘यो अवार्डप्रति निर्णायक मण्डलप्रति म कृतज्ञ छु। निर्माणमा सहयोग गर्ने कामी रिता शेर्पाप्रति विशेष आभार व्यक्त गर्दछु ।'

प्रकाशित : मंसिर १९, २०७९ १७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?