२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

नेफ्टा अवार्ड हुँदै 

काठमाडौँ — चलचित्र प्राविधिक संघले आयोजना गर्ने नेफ्टा अवार्ड अमेरिकाको टेक्सासमा हुने भएको छ । आयोजक संस्थाले प्रेस विज्ञप्तीमार्फत १३ औं सँस्करण जेठ  १३ मा हुने जनाएको हो । 

नेफ्टा अवार्ड हुँदै 

यसअघि नेफ्टा अवार्ड मलेसिया, हङकङ, कतार र युएईको दुबइमा आयोजना गरिएको थियो । अमेरिकी संस्करणको अवार्डका लागि नेफ्टाले फेम नेपाल, आर्यन फिल्म्स र युएस खबर लगायतका संस्थासँग सहकार्य गर्दैछ ।

अवार्ड आयोजनका लागि गैरआवासीय नेपाल संघ र कूटनीतिक नियोगसँग पनि समन्वय गर्ने बताइएको छ । कोरोना महामारीका कारण अघिल्लो वर्ष यो अवार्ड हुन सकेको थिएन ।तर, महामारी सकिएपछि फिल्म क्षेत्रमा लयमा फर्किएसँगै नेफ्टाले कार्यक्रम गर्न लागेको हो ।

अवार्डमा २०७९ मा प्रदर्शनमा आएका फिल्महरुले प्रतिस्पर्धा गर्नेछन् । ४२ विधामा अवार्ड वितरण गरिनेछ । संघका अध्यक्ष पुष्कर लामा नेपाली फिल्मको अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने उद्देश्यले अवार्ड आयोजना गर्दै आएको बताउँछन् ।

प्रकाशित : मंसिर १९, २०७९ १५:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?