२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

नेपथ्य लाइभ कन्सर्ट नेपालगन्जमा 

रुपा गहतराज

नेपालगन्ज — नेपालगन्जमा नेपथ्य लाइभ कन्सर्ट हुने भएको छ । मानव सेवा आश्रमले मंसिर २९ गते नेपालगन्ज रंगशालामा मानवताका लागि सांगीतिक यात्रा कन्सर्ट गर्न लागेको हो । 

नेपथ्य लाइभ कन्सर्ट नेपालगन्जमा 

नेपालको चर्चित ब्याण्ड नेपथ्य ब्याण्डसँगको सहकार्यमा मानवसेवा आश्रमको भवन निर्माण र आश्रितको स्वास्थ्य उपचारका लागि आपतकालीन अक्षय कोष स्थापनार्थ नेपालगन्जसहित १० सहरहरुमा कार्यक्रम गरिँदै छ । नेपथ्य ब्याण्डका चर्चित गायक अमृत गुरुङले मानवता झल्किने र मानवता प्रवर्द्धनमा सहयोग पुग्ने गीतहरु कन्सर्टमा प्रस्तुत गर्नेछन् ।

नेपथ्य लाईभ कन्सर्ट भव्य र सफल बनाउन विभिन्न क्षेत्रका विशिष्ठ व्यक्तिहरु सम्मिलित तयारी बैठकहरु गरिएका छन् । कन्सर्टका लागि कृष्णप्रसाद श्रेष्ठको संयोजकत्वमा मूल समिति गठन गरिएको छ भने ११ वटा विषयगत उपसमितिहरु पनि बनाइएको छ ।

प्रकाशित : मंसिर १०, २०७९ २२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?