कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

'ब्ल्याक एडम' चीनमा प्रतिबन्धित

कान्तिपुर संवाददाता

काठमाडौँ — ड्वेन जोनसन अभिनित 'ब्ल्याक एडम' चीनमा प्रतिबन्धित गरिएको छ । फिल्मका अर्का कलाकार पियर्स ब्रोजननले तिब्बती आध्यात्मिक नेता दलाई लामालाई भेटेको प्रसंग बाहिरिएसँगै चीनले 'ब्ल्याक एडम' लाई प्रतिबन्ध गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

'ब्ल्याक एडम' चीनमा प्रतिबन्धित

व्यावसायिक रुपले सफलता कमाइरहेको 'ब्ल्याक एडम'ले प्रदर्शनको दिनदेखि अहिलेसम्म २ सय मिलियन अमेरिकी डलर कमाइसकेको छ । तर, हलिउडका लागि सबैभन्दा ठूलो बजार मानिने चीनमा भने फिल्म प्रदर्शनमा आउने/नआउने अझै टुंगो भइसकेको छैन ।

यसअघि फ्यान फोरमहरूमा यो फिल्म चीनमा प्रतिबन्धित गरिने हल्ला फैलिएको थियो । त्यसपछि फिल्मका लागि प्रदर्शन अनुमति नदिएको खबर बाहिरिएको द हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।

अभिनेता ब्रोजननले भने जिक्यूसँगको एक अन्तर्वार्तामा आध्यामिक नेता लामालाई भेटेको कुरा सुनाउँदै उनको प्रशंसासमेत गरेका थिए । यही कारणले नै यो फिल्मलाई प्रदर्शन अनुमति नदिइएको चर्चा चलेको छ । यद्यपि यसबारे कुनै आधिकारिक घोषणा सार्वजनिक भइसकेको छैन ।

हरेक वर्ष चीनले विदेशी फिल्मको प्रदर्शनमा निश्चित संख्यालाई मात्रै प्रदर्शन अनुमति दिँदै आइरहेको छ । अधिकांश ठूला स्टुडियो यही सीमितताभित्र आफ्नो फिल्म पार्ने कोसिसमा रहने गर्छन् ।

प्रकाशित : कार्तिक २०, २०७९ १९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?