'मिलन' को प्रदर्शन मंसिर ९ मा

काठमाडौँ — टेक पौरखी राई निर्देशित फिल्म 'मिलन' मंसिर ९ मा प्रदर्शनमा आउने भएको छ । यसअघि कातिक १८ मा प्रदर्शन गर्ने तयारी रहेको फिल्म सरेर मंसिरमा प्रदर्शन गर्ने तयारी भएको हो ।

अभिनेता सलोन बस्नेत, कुशल शाह ठकुरी र अभिनेत्री शिल्पा थापाको मुख्य अभिनय रहेको फिल्म काठमाडौं र कालिञ्चोकमा छायांकन गरिएको हो । यो फिल्म कुशल र शिल्पाको डेब्यू फिल्मसमेत हो ।
फिल्ममा उनीहरूसँगै सुमिन गुरुङ, शिशिर बाङ्ग्देल, विशाल पहाडी, जानुका पौडेल, रेजिना एक्चै मगर, डेनियल खड्का, करन थापा मगरलगायतको अभिनय छ ।
प्रकाशित : कार्तिक २०, २०७९ १८:१९