१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

शुक्रबार प्रदर्शनमा 'के घर के डेरा' र  'नालापानी' 

कान्तिपुर संवाददाता

काठमाडौँ — यो साता शुक्रबार प्रदर्शनमा दुई नेपाली फिल्म छन् । 'के घर के डेरा' र  'नालापानी' आजदेखि प्रदर्शनमा आएका फिल्म हुन् ।

शुक्रबार प्रदर्शनमा 'के घर के डेरा' र  'नालापानी' 

दीपेन्द्र के खनाल निर्देशित 'के घर के डेरा' कमेडी विधामा बनेको फिल्म हो । फिल्मले काठमाडौंमा कोठा गरी बस्ने साधारण मानिसहरुको घर नहुनुको समस्या र सपनालाई प्रस्तुत गरेको छ । फिल्ममा अभिनेता विपिन कार्की, दयाहाङ राई, अभिनेत्री वर्षा राउत, सुरक्षा पन्त, आशान्त शर्मा लगायतको अभिनय छ । यसअघि दीपेन्द्र के खनालकै अर्को फिल्म 'चिसो मान्छे' प्रदर्शनमा आएको थियो ।

त्यस्तै, लामो समयदेखि प्रदर्शन पर्खिरहेको फिल्म 'नालापानी'ले भने ऐतिहासिक लडाइँको विषयलाई समेटेको छ । नालापानी युद्ध फिल्मको प्रमुख कथा हो । रिमेश अधिकारी निर्देशित यो फिल्ममा अर्जुनजंग शाही, देशभक्त खनाल, सन्तोष पन्त, गीता अधिकारीलगायतको अभिनय छ ।

त्यस्तै, यी दुई फिल्मसँगै यो साता हलिउड फिल्म 'ब्ल्याक एडम' पनि प्रदर्शनमा आएको छ । जम कलेक्ट शेरा निर्देशित एक्सन/साइन्स फिक्सन फिल्ममा ड्वेन जोनसनको प्रमुख भूमिका छ ।

प्रकाशित : कार्तिक ४, २०७९ १३:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?