२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

'ऐना झ्यालको पुतली' अस्ट्रेलिया र न्युजिल्यान्डमा पनि प्रदर्शन हुने

कान्तिपुर संवाददाता

काठमाडौँ — समीक्षात्मक रुपमा रुचाइएको फिल्म 'ऐना झ्यालको पुतली'लाई अस्ट्रेलिया र न्युजिल्याण्डमा देखाइने भएको छ । ९५ औं संस्करणको एकेडेमी अवार्ड (अस्कर)का लागि नेपालबाट सिफारिस भएको यस फिल्मको अस्ट्रेलिया र न्युजिल्यान्ड अधिकार पनि हालै बिक्री भएको छ ।

'ऐना झ्यालको पुतली' अस्ट्रेलिया र न्युजिल्यान्डमा पनि प्रदर्शन हुने

यसअघि जापानमा पनि फिल्मको अधिकार बिक्री भइसकेको छ । निर्माता आकाश पौडेल फिल्मले नेपाली दर्शकबीच चर्चा कमाएसँगै विदेशमा पनि डिमान्ड बढ्न थालेको हो ।

निर्माता पौडेलले अस्ट्रेलिया र न्युजिल्यान्डमा फिल्म प्रदर्शनको अधिकार जान्बी इन्टरटेनमेन्टले लिएको जानकारी गराएका छन् । दुई देशका लागि १५ लाख हाराहारीमा प्रदर्शन अधिकार विक्री भएको उनले बताए । त्यसैगरी अरब, कोरिया र अमेरिकामा पनि प्रदर्शन हुने तयारीमा छ । सुजित बिडारी निर्देशित यस फिल्मले '२० औं अन्तर्राष्ट्रिय ढाका फिल्म फेस्टिभल'मा उत्कृष्ट निर्देशकको अवार्ड जितेको थियो ।

त्यस्तै, यो फिल्म बुसानको न्यु करेन्ट सेक्सनमा छनौट भएको थियो ।फिल्मलाई आकाश पौडेलसँगै प्रविन स्याङ्बो, रामकृष्ण पोखरेल र सुजित बिडारी मिलेर निर्माण गरेका हुन् ।

प्रकाशित : आश्विन १३, २०७९ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?