मानवता प्रवर्द्धनमा नेपथ्यको संगीत

काठमाडौँ — सांगीतिक समूह नेपथ्यले मानवता प्रवर्द्धन अभियानलाई पनि जोड्ने भएको छ । असहाय र परिवारविहीनलाई आश्रय दिएर पारिवारिक मिलन गराउँदै आएको मानव सेवा आश्रमसँग सहकार्य गर्दै अभियान अगाडि बढाउने समूहले जनाएको हो ।
आफ्ना कार्यक्रमहरूमा अब आश्रमको अभियानलाई प्राथमिकता दिन नेपथ्यले यो वर्ष आफ्ना कार्यक्रमको मूल शीर्षक नै ‘मानवताका लागि संगीत’ राख्ने निर्णय गरेको छ ।
समाजले जसरी मन परायो, त्यसरी नै नेपथ्यले पनि गीत संगीतसँगै सामाजिक दायित्वलाई समेत अभिभाराका रूपमा उठाउँदै आएको गायक अमृत गुरुङले बताए । ‘अब नेपथ्यको प्रयास मानवताले भरिएको स्वदेश बनाउने हुनेछ,’ उनले भने ।
प्रकाशित : आश्विन १०, २०७९ ०८:३५