१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

नेपालको भूकम्पमाथि बनेको डकुसिरिज नेट्फ्लिक्समा आउँदै

काठमाडौँ — २०७२ मा नेपालमा गएको भूकम्पमाथि बनेको डकुसिरिज 'आफ्टरसक एभरेस्ट एन्ड द नेपाल अर्थक्वेक' नेट्फ्लिक्समा प्रदर्शन हुने भएको छ । नेपालतर्फकी निर्माता पूजा पन्तका अनुसार अधिकांश नेपाली प्राविधिक सहभागी भएको उक्त डकुसिरिज तीन एपिसोडमा अक्टोबर ६ देखि प्रदर्शनमा आउने भएको हो ।

नेपालको भूकम्पमाथि बनेको डकुसिरिज नेट्फ्लिक्समा आउँदै

नेट्फ्लिक्सले डकुसिरिजको पहिलो एपिसोडको ट्रेलर पनि सार्वजनिक गरेको छ । अली लाम्बार्ट निर्देशित डकुसिरिज बेलायतको प्रोडक्सनमा तयार भएको हो । 'नेपालमा खिचिएका सबै दृश्यमा नेपाली क्रूकै मात्र काम छ । मैले यूकेको प्रोडक्सनलाई सामग्री व्यवस्थापनमात्र नभई कथा खोज्न पनि सहयोग गरेकी छु । नेपालीहरूको अन्तर्वार्ता पनि मैले नै लिएको हो,' पूजाले भनिन् ।

उनका अनुसार डकुसिरिजमा भूकम्पका फुटेजहरू पुरानै प्रयोग गरिएका छन् । डकुसिरिजको काम कोभिड-१९ महामारीबीच गरिएको पूजाले बताइन् । विष्णु कल्पित र विकिल स्थापितले डकुसिरिजको क्यामेरामा काम गरेका छन् भने सम्राट खनाल र ज्योति रानाले साउन्डमा काम गरेका छन् ।

'एक दिन अचानक डकुसिरिजका टिमबाट मलाई इमेल आयो । डकुसिरिज नेट्फ्लिक्समा आउने भनेपछि म पनि उत्साहित भएँ,' पूजा सम्झिन्छन् ।

प्रकाशित : आश्विन ६, २०७९ १६:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?