सेञ्चुरी मिस टिन नेपालको ट्यालेन्ट राउन्ड सम्पन्न- मनोरञ्जन - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सेञ्चुरी मिस टिन नेपालको ट्यालेन्ट राउन्ड सम्पन्न

कान्तिपुर संवाददाता

काठमाडौँ — सेञ्चुरी मिस टिन नेपाल २०२२ को ट्यालेन्ट राउन्ड सम्पन्न भएको छ । काठमाडौं जेसीजको आयोजनामा भइरहेको प्रतियोगिताको अन्तिम चरणका १५ प्रतिस्पर्धीले ट्यालेन्ट राउन्डमा आ–आफ्नो विशेष प्रतिभा प्रस्तुत गरेका छन् । 

जमलस्थित एक होटलमा भएको ट्यालेन्ट राउन्डमा सहभागीहरुले नृत्य, गायन, अभिनय, कविता वाचन, चित्रकला, मनोवादलगायत प्रतिभा प्रस्तुत गरेका थिए ।

मिस टिनको उपाधिका लागि अदिती श्रेष्ठ निशा सोनी साह, प्रतिक्षा डंगोल, परिका भण्डारी, सुस्मिता अधिकारी, खुसी श्रेष्ठ, स्नेहा पौडेल, आर्या पौडेल, सुम्निमा पुरी, पूजा ओली, हर्षिता पन्त, कसक पौडेल, विसुका कोइराला, सुजिता पौडेल र विभूषा बस्नेत प्रतिस्पर्धामा छन् ।

प्रतियोगिताको ग्रान्ड फिनाले असोज ९ गते हुँदैछ । १८ औं संस्करणको सेञ्चुरी मिस टिन प्रतियोगिताको कोरियोग्राफी मोडल तथा भिजे प्रियारानी लामाले गरिरहेकी छन् ।

प्रतियोगितामा मुख्य टाइटलसहित अन्य १२ विधाको अवार्डका लागि प्रतिस्पर्धा भइरहेको छ । ट्यालेन्ट राउन्डका प्रमुख अतिथि सेञ्चुरीकी प्रबन्ध निर्देशक आयुषी दुगड र विशेष अतिथि आदित्य दुगडले प्रतियोगितासँग सहकार्य गर्न पाउँदा उत्साहित भएको बताए ।

ट्यालेन्ट राउन्डमा निर्णायकका रुपमा अशोकप्यासी राई, आशा लामा, रितिका खरेल, सुशीलकुमार श्रेष्ठ, शैली बाँस्कोटा र डा.अमि प्रधान रहेका थिए ।

आयोजक काठमाडौं जेसीजका अध्यक्ष अनुप सुनुवारले किशोरीहरुको सामाजिक सांस्कृतिक वृत्तिविकासका लागि सेञ्चुरी मिस टिन प्रतियोगिता उपलब्धिपूर्ण हुने विश्वास व्यक्त गरे ।

प्रकाशित : आश्विन ४, २०७९ २१:३५
प्रतिक्रिया
पठाउनुहोस्

माल्दिभ्स जाने बास्केटबल टोलीको बिदाइ

कान्तिपुर संवाददाता

काठमाडौँ — माल्दिभ्समा हुने साबा महिला बास्केटबल च्याम्पियनसिपमा भाग लिन १३ खेलाडीसहित १५ सदस्यीय नेपाली टोलीलाई बिदाइ गरिएको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बिदाइ गरे ।

प्रतियोगिता सेप्टेम्बर २४ देखि ३० तारिखसम्म हुनेछ । खेलाडीमा कप्तान सदिना श्रेष्ठ, एलिना गुरुङ, एलिशा मल्ल, अमिशा घले, अनुशा मल्ल, विनामणि योञ्जन, गरिसा सिलवाल, मीना गुरुङ, मुना महर्जन, प्रतीक्षा मगर, रचना श्रेष्ठ र श्रेया खड्का छन् ।

प्रशिक्षकमा विकास शाही र व्यवस्थापकमा निरञ्जन सत्याल छन् । फिबा रेफ्री राजकुमार महर्जनले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने छन् । टोली सेप्टेम्बर २३ मा माल्दिभ्स जानेछ ।

प्रकाशित : आश्विन ४, २०७९ २१:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×