१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

अस्करका लागि नेपालबाट 'ऐना झ्यालको पुतली' सिफारिस 

काठमाडौँ — एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सद्वारा घोषणा गरिने भएको ९५ औं एकेमेडी अवार्ड(अस्कर अवार्ड)मा नेपालको प्रतियोगिताका रुपमा सहभागी गराउन 'ऐना झ्यालको पुतली' छनौट गरिएको छ ।

अस्करका लागि नेपालबाट 'ऐना झ्यालको पुतली' सिफारिस 

नेपालको अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समितिले प्रतिस्पर्धी बन्नका लागि प्राप्त तीन फिल्मबाट यो फिल्म छनौट गरेको हो । दिनेश राउत निर्देशित 'प्रकाश' र सुवर्ण थापाको 'राधा'मध्यबाट यो फिल्मलाई समितिले छनौट गरेको हो।

'यस समितिमा प्राप्त भए र उपरोक्त तीनवटा चलचित्रहरु एकेडेमीका सबै मापदण्ड पुग्ने गरी स्तरिय एवं अब्बल दर्जाका सिर्जनाहरु रहेकामा प्राविधिक पक्ष, कथ्यको प्रस्तुति पक्ष, चरित्रहरुको भावनात्मक विश्लेषण पक्ष तथा प्रस्तुतिको कलात्मक बुनोट आदि समेतलाई दृष्टिगत गरी उक्त अवार्डमा नेपालको प्रतियोगीका रूपमा सामेल गराउनका निम्ति यस अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समितिद्वारा ऐना झ्यालको पुतलीलाई छनौट गरिएको हुँदा सबैको जानकारीका लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ,'समितले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सुजित बिडारी निर्देशित यस फिल्ममा दुई दिदीभाइको सम्बन्ध देखाइएको छ । समीक्षात्मक रुपले रुचाइएको फिल्ममा बालकलाकार कञ्चन(लक्ष्मी) चिमरिया, दिनेश खत्री, विशाल चाम्लिङ राई, उमेश श्रेष्ठ र राज थापाको अभिनय छ । त्यस्तै पुराना कलाकार सिरु विष्ट, पदमप्रसाद पौडेलको पनि फिल्ममा अभिनय देख्न सकिन्छ ।

प्रदर्शनरत यो फिल्मबाट निर्देशक बिडारीले '२० औं अन्तर्राष्ट्रिय ढाका फिल्म फेस्टिभल'मा उत्कृष्ट निर्देशकको अवार्ड जितेको हो । यो फिल्म बुसानको न्यु करेन्ट सेक्सनमा छनौट भएको थियो । फिल्मको कथा २०७२ को महाभुकम्पपछि निर्देशक बिडारी आफैंले लेखेका थिए ।

सम्बन्धित समाचार

प्रकाशित : आश्विन ३, २०७९ १६:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?