कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

अस्करमा सहभागी हुन तीन फिल्मबीच प्रतिस्पर्धा

काठमाडौँ — नेपालबाट अस्करमा सहभागिता जनाउनका लागि तीन फिल्मले प्रतिस्पर्धा गर्दैछन् । नेपालस्थित अस्कर छनोट समितिमा 'ऐना झ्यालको पुतली', 'प्रकाश' र 'राधा'ले सहभागिताका लागि फिल्म पठाएका छन् । यी तीन फिल्म यही वर्ष प्रदर्शनमा आएका हुन् । 

अस्करमा सहभागी हुन तीन फिल्मबीच प्रतिस्पर्धा

सुजित बिडारी निर्देशित 'ऐना झ्यालको पुतली' यी तीन फिल्ममध्ये समीक्षात्मक रुपले रुचाइएको फिल्म हो । फिल्मलाई लिएर सामाजिक सञ्जालमा चौतर्फी चर्चासमेत भएको थियो ।

दिनेश राउत निर्देशित फिल्म 'प्रकाश' मा एक दुर्गम गाउँका युवकले शिक्षक बन्न गरेको संघर्ष देखाइएको छ । उक्त फिल्ममा

प्रदीप खड्का र दीया मास्केको प्रमुख अभिनय थियो ।

यस्तै सुवर्ण थापा निर्देशित 'राधा'मा भने हराएको पतिको पर्खाइको कथा देखाइएको छ । यो फिल्म भने प्रदर्शनको केही समयपछि शो बाँडफाँडमा विभेद भएको भन्दै हलबाट उतारिएको थियो । निर्माण टोली फिल्मलाई फेरि प्रदर्शन गर्ने तयारीमा छ ।

प्रकाशित : भाद्र ३१, २०७९ १६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?