अमेजन प्राइममा 'बुलबुल'  

काठमाडौँ — समीक्षात्मक रुपले रुचाइएको फिल्म 'बुलबुल' डिजिटल प्लेटफर्म अमेजन प्राइममा प्रदर्शनमा आएको छ । विनोद पौडेल निर्देशित फिल्म सन् २०१९ मा प्रदर्शन भई विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय पुरस्कार पाएको थियो । 

अमेजन प्राइममा 'बुलबुल'  

फिल्मका निर्माता अविरल थापाले हलमा फिल्म हेर्न छुटाएका दर्शकले 'बुलबुल'हेर्ने माग गरेपछि अमेजन प्राइममा प्रदर्शन गरेको बताए । 'कहाँबाट कतिजनाले फिल्म हेरे र कति आम्दानी भयो भन्ने सबै कुरा निर्माता आफैंले पारदर्शीरुपमा हेर्न सकिने प्लेटफर्ममा दर्शकले पनि घरमै बसीबसी आफनो समयानुसार फिल्म हेर्न पाउनु सुनौलो अवसर हो,'थापाले भने ।

प्रमुख अभिनेत्री स्वस्तिमा खड्काले यही फिल्मबाट सार्क फिल्म फेस्टिभलमा अवार्ड पाएकी थिइन् । त्यस्तै निर्देशक विनोदले पनि फिल्मबाट उत्कृष्ट निर्देशकको अवार्ड पाएका थिए । यो फिल्म नेपालको तर्फबाट ९२ औं अस्कर फिल्म अवार्डमा पनि प्रतिनिधित्व गरेको थियो । फिल्ममा स्वस्तिमासँगै अभिनेता मुकुन भुसाल, लक्ष्मी बर्देवा, दीपक क्षेत्रीलगायतको अभिनय छ । यसअघि अमेजन प्राइममा नेपाली फिल्म 'लाटोकोसेरो' र 'चिनी कम रंग कडा' प्रदर्शनमा आएको थियो ।

प्रकाशित : भाद्र १६, २०७९ १६:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?