'दुर्गादेवी'मा निर्मला पन्तकी आमाको भोगाइ- मनोरञ्जन - कान्तिपुर समाचार

'दुर्गादेवी'मा निर्मला पन्तकी आमाको भोगाइ

कान्तिपुर संवाददाता

काठमाडौँ — कलाकार परी शाक्यको एकल प्रस्तुति रहेको नाटक 'दुर्गादेवी'को मञ्चन सकिएको छ । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तकी आमाको भोगाइलाई समेट्दै सुनैना पन्थीको निर्देशनमा नाटक तयार भएको थियो ।

सुनैनाकै परिकल्पना र कथा रहेको नाटकको गत साउन २५ गतेदेखि मञ्चन सुरु भएको थियो । इटिएनको प्रस्तुति रहेको नाटक 'दुर्गादेवी' निर्मलाकै आमाको नामबाट राखिएको शीर्षक हो ।

मञ्चमा कलाकार परीले निर्मलाकी आमाले छोरीको हत्यापछि समाज, मिडियासामु आफ्नो पीडाबीच पनि न्यायका लागि कसरी लडिन् भन्ने विषयलाई अभिनयमार्फत देखाइएकी थिइन् । नाटकमा अन्यायमा परेकी एक आमाको न्याय खोज्ने यात्रालाई समेटिएको छ ।

प्रकाशित : श्रावण ३१, २०७९ १२:५४
प्रतिक्रिया
पठाउनुहोस्

विदेशबाट रेमिट्यान्स कम्पनीमार्फत पैसा पठाउने सीमा बढ्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा दर्ता भएका फर्म/कम्पनी/संस्था/शाखा कार्यालयले बिक्री, कमिसन, शुल्क, पारिश्रमिकलगायत विभिन्न प्रयोजनबापत विदेशी व्यक्ति/फर्म/कम्पनी/संस्थाबाट प्राप्त गरेको रकम दैनिक १५ लाख रुपैयाँसम्म रेमिट्यान्स कम्पनीमार्फत पठाउन सकिने भएको छ ।


यसअघि यस्तो सीमा दैनिक १० लाख रुपैयाँसम्म मात्र थियो । यो सीमा वैदेशिक रोजगारमा गएका नेपालीले पठाउने रेमिट्यान्समा भने होइन । नेपाली कम्पनी वा संस्थाहरु जसले विदेशमा सेवा/परामर्श दिएबापत आम्दानी गर्छन् उनीहरुका लागि रेमिट्यान्स कम्पनीमार्फत नेपाल पठाउने सीमा बढेकाे हो । राष्ट्र बैंकले एकीकृत निर्देशन परिमार्जन गरी उक्त सीमा बढाएको हो । अब नेपालमा दर्ता भएका फर्म/कम्पनी/संस्था/शाखा कार्यालयले विदेशमा आर्जन गरेको आम्दानीमध्ये दैनिक (एकैपटक वा पटक पटक) गरी १५ लाख रुपैयाँसम्म रकम पठाउन सक्नेछन् ।

रेमिट्यान्स कम्पनीहरुले यस्तो रकम संकलन र भुक्तानी गर्दा प्रचलित व्यवस्था बमोजिम ग्राहक पहिचानका काजगातहरु लिन पनि राष्ट्र बैंकले भनेको छ । त्यस्ता कारोबार सम्बन्धी विवरण संलग्न ढाँचामा मासिक रुपमा प्रत्येक महिना समाप्त भएको ७ दिनभित्र आफूसमक्ष पेश गर्न पनि राष्ट्र बैंकले भनेको छ ।

प्रकाशित : श्रावण ३१, २०७९ १२:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×