१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

'लालसिंह चड्ढा'को व्यापार २० प्रतिशतले बढ्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — आमिर खान अभिनीत फिल्म 'लालसिंह चड्ढा' व्यावसायिक हिसाबले माथि उक्लन थालेको छ । प्रदर्शनको पहिलो दिन निकै कम ओपनिङ व्यापार गरेको फिल्मको तेस्रो दिनको कमाइ २० प्रतिशतले बढेको 'बक्स अफिस अफ इन्डिया डटकम'ले उल्लेख गरेको छ । 

'लालसिंह चड्ढा'को व्यापार २० प्रतिशतले बढ्यो

फिल्मले तेस्रो दिनसम्म आइपुग्दा जम्मा २७ करोडको व्यापार गरेको छ । हलिउड फिल्म 'फरेस्ट गम्प'को हिन्दी रिमेक यो फिल्मले तेस्रो दिन भारु रकम ८ करोड ७५ लाखमाथिको कमाइ गरेको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् । 'सेक्रेट सुपरस्टार'का निर्देशक अद्भेत चन्दनले निर्देशन गरेको यस फिल्ममा अभिनेता आमिरसँगै करिना कपुरको प्रमुख अभिनय छ ।

'बक्स अफिस अफ इन्डिया डटकम'ले शनिबार फिल्मले ४० प्रतिशतले व्यापार गर्ने अनुमान गरेको थियो । तर, फिल्मले शनिबार पनि २० प्रतिशत व्यापार गरेको थियो ।

सामाजिक सञ्जालमा फिल्मलाई ब्वोइकट गर्न थालेपछि 'लालसिंह चड्ढा'को यो हालत भएको हो । धार्मिक भावनालाई खलल पुर्‍याएको र भारतीय प्रहरीलाई गलत प्रस्तुत गरिएको भन्दै फिल्म विवादमा समेत तानियो । तर, यस्तै बेला अभिनेता आमिरले भने 'हर घर तिरंगा' अभियानमा सहभागी जनाउँदै आफ्नो घरमा भारतको झन्डा फहराएका छन् । आमिरले भारतको झन्डा फहराउन थालेसँगै के दर्शकको भीड हलमा उनको फिल्म हेर्न ओइरिएला ? त्यो त पछि नै थाहा हुनेछ ।

प्रकाशित : श्रावण २९, २०७९ १७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?