३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

'परदेशी–२' फागुनमा

कान्तिपुर संवाददाता

काठमाडौँ — असोज १४ मा प्रदर्शनमा आउने भनिएको फिल्म 'परदेशी–२' फागुनमा आउने भएको छ । तोकिएको प्रदर्शन मितिमा थुप्रै फिल्म आउने भएपछि निर्माण टिमले फिल्मको प्रदर्शन मिति हेरफेर गरेको हो ।

'परदेशी–२' फागुनमा

'हाम्रो फिल्म सबै दर्शकले हेरुन् भन्ने हाम्रो चाहना हो । एउटै मितिमा थुप्रै फिल्म भएपछि दर्शक बाँडिने नै भए । त्यसैले हामीले फिल्मको नयाँ मिति फेरेका हौं । अहिले फिल्मको पोस्ट प्रोडक्सनको काम भइरहेको छ,'फिल्ममा निर्माता राजेश वंशालले बताए ।

नारायण रायमाझी निर्देशित फिल्ममा अभिनेता प्रशान्त तामाङ, प्रकाश सपुत, केकी अधिकारी, दीलिप रायमाझी, वर्षा शिवाकोटीलगायतको अभिनय छ ।


प्रकाशित : श्रावण २९, २०७९ १२:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?