कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

लोफाइ आर्टिस्ट सगुनलाई गोल्ड अवार्ड 

कान्तिपुर संवाददाता

काठमाडौँ — लोफाइ आर्टिस्ट सगुनले रेर्डिङ इन्डस्ट्री एसोसिएसन अफ अमेरिका(आरआईएए) बाट गोल्ड अवार्ड पाएका छन् । साइलो डायनास्टीसँगको सहकार्यमा तयार भएको 'आई विल किप यु सेफ'ले नै सगुनलाई गोल्ड अवार्ड दिएको हो।

लोफाइ आर्टिस्ट सगुनलाई गोल्ड अवार्ड 

'आई विल किप यु सेफलाई गोल्ड सर्टिफिकेट प्राप्त भएको छ । म सबैलाई धन्यवाद दिन चाहन्छु, जसले यो सम्भव बनाउन सहयोग गर्नुभयो । प्लटुन, प्रोफ्लोगिक, जोर्डन स्मिथलाई धन्यवाद । अझै अगाडि बढ्नुछ,' सगुनले खुसी हुँदै सामाजिक सञ्जाल इन्स्टाग्राममा लेखेका छन् ।

आरआईएएले कुनै संगीत ५० हजार युनिट बिक्री भइसकेपछि गोल्ड अवार्ड दिने गरेको छ । गायक/गायिकाका लागि आरआईएएको अवार्ड सफलताको अर्को मानक मानिन्छ ।

यसअघि नेपाल मुलका कर्टिस वाटर्स अर्थात अभि बास्ताकोटीले पनि गोल्ड अवार्ड पाएका थिए । 'स्टनिन'बाट उनले यो अवार्ड जितेका थिए ।

नेपालमै बसेर गोल्ड अवार्ड जितेका सगुन स्पटलाइटमा आउन रुचाउँदैनन् । त्यसैले उनलाई लोफाइ आर्टिस्टका रुपमा चिन्ने कम छन् । सगुनको 'आइ विल किप यु सेफ' सुनेसँगै अमेरिकाको एक रेडियोेले उक्त लोफाइ संगीत बजाउन अनुमति मागेको थियो । त्यही रेडियोमार्फत सगुन एप्पल म्युजिकमा काम गर्ने प्रोफेटसँग उनी नजिकिए र 'प्लटन'सँग जोडिए । 'प्लटन'ले नै सगुनका लोफाइ वितरण गरिदिन्छन् ।

प्रकाशित : श्रावण १८, २०७९ १९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?