कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

'चपली हाइट ३' फेरि प्रदर्शनमा आउने 

कान्तिपुर संवाददाता

काठमाडौँ — कोभिड महामारीको चपेटोमा परेको फिल्म 'चपली हाइट ३' फेरि प्रदर्शनमा आउने भएको छ । निकेश खड्का निर्देशित फिल्म साउन २० देखि फेरि प्रदर्शन हुन लागेको हो ।

'चपली हाइट ३' फेरि प्रदर्शनमा आउने 

'हाम्रो फिल्म कोभिडको मर्कामा पर्‍यो । त्यसैले हलवालासँग हारगुहार गरेर मैले फेरि प्रदर्शन गर्ने सोचेको हुँ । सहज वातावरण हेरेर फिल्म प्रदर्शन गर्दैछु, दर्शकले साथ दिनुहुन्छ भन्ने अपेक्षा छ,' फिल्मका निर्माता अर्जुन कुमारले भने ।

कोभिडअघि नै बनेको यो फिल्म महामारीकै कारण झन्डै २ वर्ष अलमलमा पर्‍यो । गत वर्षको माघ १५ देखि हल बन्द भएपछि प्रदर्शनमा आएको तेस्रो दिनमै फिल्मको प्रदर्शन स्थगन भयो । त्यसपछि फागुन १ मा पनि फिल्म प्रदर्शन गरिएको थियो तर अपेक्षित दर्शकले पनि फिल्म हेरेनन् ।

अब फेरि फिल्म निर्माण टिम तेस्रो पटक प्रदर्शन गर्ने तयारीमा जुटेको छ । क्राइम थ्रिलर विधामा बनेको यो फिल्ममा अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता महेश त्रिपाठी लगायतको अभिनय छ ।

प्रकाशित : श्रावण १८, २०७९ १७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?