कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

'सुपर डान्सर नेपाल' हुँदै

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतीय रियालिटी सो 'सुपर डान्सर'को फ्रेन्चाइज नेपालमा पनि सुरु हुने भएको छ । साउन अन्तिमबाट प्रसारण हुने 'सुपर डान्सर नेपाल'का लागि भौतिक र भर्चुअल अडिसन पनि भइसकेको आयोजक टिमले जनाएको छ ।

'सुपर डान्सर नेपाल' हुँदै

काठमाडौं, पोखरा, इटहरी, चितवन, बुटवल, नेपालगन्जलगायतमा अडिसन लिइएको थियो । साथै, नेपाल बाहिर नेपालभाषी भएका ठाउँका प्रतिभालाई पनि समेट्ने हिसाबले भर्चुअल लिइएको आयोजकले बताएको छ ।

बालबालिका लक्षित सोमा चारदेखि चौध उमेर समूहका प्रतिभाहरूबीच प्रतिस्पर्धा गराइनेछ । अभिनेता भुवन केसी, जसिता गुरुङ र कोरियोग्राफर सुरेन्द्र राई सोका निर्णायक रहनेछन् । हाँस्य अभिनेता विल्सन विक्रम राई र नृत्याङ्गना कविता नेपाली सोका होस्ट रहनेछन् ।'सुपर डान्सर नेपाल' यस प्रोजेक्ट हेड सशांक पोखरेल सोमा बालबालिकाहरूबीच प्रतिस्पर्धा मात्र नगराई उनीहरूको विकासमा पनि ध्यान दिने बताउँछन् ।

सोका निर्देशक भने भूषण दाहाल हुन् ।

प्रकाशित : श्रावण १३, २०७९ १४:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?