पैसाका लागि जस्तो पनि भूमिका गर्न सक्छु : अक्षय कुमार

कान्तिपुर संवाददाता

काठमाडौँ — बलिउड अभिनेता अक्षय कुमार पैसा कमाउन आफूले जस्तोसुकै भूमिका गर्न सक्ने बताउँछन् । त्यसरी कमाएको पैसालाई समाजमा फिर्ता गर्न सके पैसाकै लागि गरिएको कामप्रति कुनै खराबी नरहेको उनको भनाइ छ ।

पैसाका लागि जस्तो पनि भूमिका गर्न सक्छु : अक्षय कुमार

'मानिसहरू मलाई वर्षमा कति धेरै फिल्म गरेको भन्छन् तर मैले जीवनका तीन कुरालाई बुझिसकें- काम, कमाइ र कर्म । म कमाउनका लागि निकै मेहनत गरिरहेको हुन्छु । मकहाँ आउने कुनै पनि कामलाई मैले अहिलेसम्म नाइँ भनेको छैन,' द हिन्दुस्तान टाइम्समा उनको भनाइ उद्धृत गर्दै लेखिएको समाचारमा उल्लेख छ, 'चाहे त्यो जस्तोसुकै भूमिका होस्, केही कुराको विज्ञापन गर्नुपरोस् अथवा कुनै कार्यक्रम किन गर्नु नपरोस् । कामले नै कमाइ हुन्छ; म त्यही कमाइबाट राम्रो कर्म गर्ने कोसिस गरिरहेको हुन्छु । त्यसैले तिमी जति सक्छौ कमाऊ अनि त्यसबाट समाजलाई जति फिर्ता दिन सक्छौ देऊ । त्यसमा म कुनै खराबी देख्दिनँ ।'

अक्षय भूमी पेड्नेकरसँग 'रक्षा बन्धन' फिल्ममा देखिँदैछन् । यो फिल्म आगामी अगस्ट ११ मा प्रदर्शनमा आउँदै छ । त्यसपछि अक्षय 'सेल्फी'मा देखिनेछन् । फिल्म २०२३ को फेब्रुअरीमा प्रदर्शनमा आउने बताइएको छ । योसँगै अक्षय एक तामिल फिल्मको हिन्दी रिमेकमा पनि देखिने भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

प्रकाशित : श्रावण १२, २०७९ १६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?