बलिउडमा नातावाद रहिरहनेछ : राजकुमार राओ

काठमाडौँ — अभिनेता राजकुमार राओ बलिउडको नातावादमाथि बोलिरहने कलाकारमध्येमा पर्छन् । हालै उनले 'इन्डिया टुडे'सँगको अन्तरवार्तामा पनि बलिउडमा नातावाद रहिरहने बताएका छन् ।

बलिउडमा नातावाद रहिरहनेछ : राजकुमार राओ

'बलिउडमा नातावाद त रहिरहनेछ नै तर त्यसका अलवा थुप्रै उपलब्धिहरु यहाँ भेटिनेछन् । जस्तै ओटीटीले गर्दा आज मेरो साथी जयदीप (पाताल लोक, स्क्याम १९९२ का अभिनेता)लाई चर्चामा ल्याइदियो । नातावाद त सँधै रहनेछ यहाँ तर, काम र प्रतिभा बोल्नुपर्‍यो,' उनले हालै अन्तर्वातामा भनेका थिए ।

'लभ सेक्स और दोखा'बाट सन् २०१० मा अभिनयमा डेब्यू गरेका राओ बलिउडका उम्दा कलाकारमा पर्छन् । 'ग्याङ अफ वासिपुर'बाट चर्चा कमाएका उनले 'काइ पो चे', 'बरेलीकी बर्फी', 'क्वीन', 'लुडो', 'न्युटन', 'द ह्वाइट टाइगर', 'स्त्री'लगायतका फिल्ममा आफ्नो अभिनय प्रतिभा पस्किसके ।

नेश्नल अवार्ड विजेता राओ आफ्नो फिल्मले करोड क्लबको ब्यापार नगरे पनि आफूलाई त्यसले प्रभाव नपार्ने बताएका छन् । 'फिल्म हिट हुने फर्मुला सायद कसैलाई थाहा छैन होला । दक्षिण भारतका फिल्महरुले कसरी यस्तो राम्रो गर्दैछन् भन्ने मैले सोच्न पाएको छैन । तर, उनीहरु राम्रो फिल्म बनाउँछन् फिल्ममा उनीहरुको मिहिनेत झल्किन्छ । मलाई लाग्छ अहिले दक्षिण भारतले झैं लार्जर द्‍यान लाइफवाला फिल्महरु बनाइनुपर्छ,' राओले अन्तर्वातामा थप भनेका छन्, 'तर कलाकारका हिसाबले गर्व गर्न सक्ने फिल्महरु म गर्छु । मेरो फिल्मले बक्स अफिसमा सय करोड कमाउँदैन भने पनि ठिकै छ ।'

प्रकाशित : असार २२, २०७९ १३:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?