कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

विद्यार्थी लक्षित गरेर 'जुभेनाइल'को प्रदर्शन

काठमाडौँ — लागुपदार्थ र दुर्व्यवसनको प्रभाव समेटिएको लघु फिल्म 'जुभेनाइल'  विद्यार्थीहरुबीच देखाइएको छ ।  राजधानीको भृकुटीमण्डपस्थित पद्मोदय माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई फिल्म देखाइएको हो ।  

विद्यार्थी लक्षित गरेर 'जुभेनाइल'को प्रदर्शन

महिला छायांकार सबनम मुखिया निर्देशित फिल्मलाई अब विद्यार्थीबीच नै प्रदर्शन गरिने बताइएको छ ।

'हामीले फिल्म लागूपदार्थको प्रयोग, यसको दुरुपयोग र दुर्व्यसनमा लागेमा यसले व्यक्तिमा , परिवारमा र समाजमा पार्ने असरबारे चेतना दिने उदेश्यले निर्माण गरिएको हो । त्यसैले विद्यार्थीहरु लक्षित गर्दै फिल्म देखाइएको हो,'मुखियाले भनिन्,'फिल्म हेरेपछि बालबालिकाले दुर्व्यसनका विषयमा जानेर भविष्यमा कुलतमा नफस्ने पाठ सिकेका छन् ।'

निर्देशक मुखियाका अनुसार उनीहरु फिल्मलाई ७७ जिल्लाका विद्यालयमा प्रदर्शन गर्ने तयारीमा छन् । लघु फिल्ममा कलाकारहरु कुमार गजुरेल, मोहन राई, ओमकृष्ण भण्डारी, माधव पौडेल , सन्जना तिमिल्सिना, निशा थापा, जय जगदिश अधिकारी र विष्णु कोइरालालगायतको अभिनय छ ।

प्रकाशित : असार २२, २०७९ १३:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?