कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

सगरमाथामा फ्रान्सेली फिल्म छायांकन गर्ने तयारी

काठमाडौँ — फ्रान्सेली फिल्म ‘दिग्वी’ नेपालमा छायांकन गर्ने भएको छ । लोकेसन खोज्न नेपाल आइपुगेको निर्देशक एलन सिमोनसहितको टोलीले आइतबार पत्रकार सम्मलेन गर्दै फिल्मको छायांकन काठमाडौं र सगरमाथा क्षेत्रको नाम्चे आसपासमा हुने बताएको छ । ३५ दिनको छायांकन सेड्युलमा बन्ने फिल्ममा नेपाली कलाकारलाईसमेत समावेश गर्ने भएको छ । 

सगरमाथामा फ्रान्सेली फिल्म छायांकन गर्ने तयारी

रक ओपेरा संगीतका चर्चित फ्रान्सेली संगीतकार, निर्देशक तथा लेखक समेत रहेका सिमोनका अनुसार ९० प्रतिशत फिल्मको छायांकन नेपाल र अन्य फ्रान्समै हुने बताए । २०७२ को भूकम्पमा नेपालीलाई सघाउन कन्सर्ट आयोजना गरेका सिमोनले त्यतिबेलादेखि नै नेपालमा फिल्म सुटिङको योजना बनाएका थिए । ‘म आनन्द र खुशी दिने एउटा फिल्म बनाउन नेपाल आएको हुँ,'उनले भने ।

फिल्मले आध्यात्मिकता, संगीत र जीवनको अर्थ खोज्दै युरोपबाट नेपाल आइपुग्ने एक यायावरको कथा भन्छ । फिल्ममा मुख्य पात्रको रुपमा देखिने बालकलाकारको अडिसन चाँडै हुने बताइएको छ । फिल्ममा नेपाल लाइन प्रोड्युसर नेपाल फिल्म प्रोडक्सन प्रालिका प्रमुख दिग्विजय भारती र सुरेश अधिकारी हुन् ।

मार्चदेखि फिल्मको छायांकन सुरु हुनेछ । नेपाल फिल्म प्रोडक्सनका व्यवस्थापक दिग्विजय भारतीले यस फिल्मले नेपालको पर्यटनमा टेवा पुग्ने बताए ।


प्रकाशित : असार २०, २०७९ १३:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?