'नेपहपको श्रीपेच' भाइबर साइमनलाई 

काठमाडौँ — भाइबर साइमनले  नेपालको पहिलो हिपहप  रियालिटी सो 'नेपहपको श्रीपेच' जितेका छन् । चार प्रतिस्पर्धीलाई उछिन्दै भाइबरले यो उपाधि जितेका हसन् । उनीसँगै फाइनलमा काठमाडौंका बाबु बिलिभर, नवलपरासीका एमसी किङ्ग, पोखराका जेनिस क्षेत्री र झापाका विशेष भट्टराईले प्रतिस्पर्धा गरेका थिए । 

'नेपहपको श्रीपेच' भाइबर साइमनलाई 

विजेता बनेका भाइबरले उपहारमा नगद १० लाख रुपैयाँको साथमा रिलायन्स लाइफ इस्योरेन्सबाट ५० लाख रुपैयाँको बिमा, अनर मोबाइलको तर्फबाट एउटा स्मार्टफोन र विश्व भ्रमण गर्न पाउने भएका छन् ।

दोस्रो भएका जेनिसले नगद पाँच लाख रुपैयाँ र विश्व भ्रमण गर्ने अवसर पाएका छन् भने तेस्रो भएका बाबु बिलिभरले १ लाख नगदसँगै विश्व भ्रमणको मौका जितेका हुन् । सोमा ८ हजार जनाको डिजिटल अडिसनपछि निर्णायकले ५ सय जनालाई भौतिक अडिसनबाट छनोट गरेका थिए । पोखरा, चितवन, बुटवल, इटहरी र काठमाडौँको अडिसनबाट निर्णायकले उत्कृष्ट १७ हुँदै उत्कृष्ट १२ छानेको थियो ।

निर्णायकमा थिए काठमाडौं महानगरका मेयर एवं र्‍यापर बालेन शाह, गिरिश खतिवडा र मानस घले । सोको यो सफलतासँगै यही समूहले नयाँ ब्याटल सो ‘ब्याटल भूमि’को घोषणा गरिसकेका छन् ।


प्रकाशित : असार २०, २०७९ १३:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?