कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाली फिल्म 'ह्रस्व दीर्घ'मा ब्रह्मानन्दम

एजेन्सी

काठमाडौँ — दक्षिण भारतका चर्चित हास्य अभिनेता ब्रह्मानन्दमले नेपाली फिल्म 'ह्रस्व दीर्घ'मा अभिनय गर्ने भएका छन् । नीता ढुंगाना र हरिहर अधिकारीको अभिनय रहने फिल्ममा ब्रह्मानन्दमले अभिनय गर्ने सम्झौता गरेका हुन् । निर्देशक चन्द्र पन्तले सबैभन्दा महंगो पारिश्रमिकमा ब्रह्मानन्दमलाई फिल्ममा अनुबन्धित गरेको बताएका छन् ।

नेपाली फिल्म 'ह्रस्व दीर्घ'मा ब्रह्मानन्दम

सर्वाधिक फिल्ममा अभिनय गर्ने कलाकारको विश्व कीर्तिमान बनाएका ब्रह्मानन्दमले दक्षिण भारतका सबै स्टारसँग काम गरिसकेका छन् ।

यसअघि यही फिल्ममा अर्का भारतीय कलाकार सुनिल वर्मा, प्रदीपराज रावत, 'अली'समेत अनुबन्धित भएका थिए । फिल्मलाई बलिउड सिनेमेटोग्राफर कवीरलालले खिच्ने बताइएको छ ।

फिल्ममा नेपाली कलाकार सरोज खनाल र सलोन बस्नेतको पनि मुख्य अभिनय रहनेछ । अहिले फिल्मको प्रि-प्रोडक्सनको काम भइरहेको निर्देशक पन्त बताउँछन् । असोजबाट छायांकनमा जाने फिल्मलाई भारतको 'रामोजी स्टुडियो'मा खिचिने बताइएको छ ।

प्रकाशित : असार १४, २०७९ १७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?